एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

Friday Mar 28, 2025
वि.सं.२०८१ चैत १५ शुक्रवार ०९:५०

काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को लागि तयार पारिएको कर्पोरेट क्यालेन्डर आज विशेष समारोहमा अनावरण गरेको छ। यसपालिको क्यालेन्डरको विषयवस्तु “परम्परागत खेलकुद” राखिएको छ, जुन नेपाली संस्कृति र मनोरञ्जनको महत्त्वपूर्ण अंग हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले यो क्यालेन्डरको अनावरण गर्नुभएको थियो। समारोहमा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन र पुरातात्विक महत्त्वका विषयवस्तुलाई आफ्नो कर्पोरेट क्यालेन्डरमा समेट्दै आएको छ। यसपालिको क्यालेन्डरले पनि नेपाली परम्परागत खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ।
यसरी बैंकले सांस्कृतिक विरासतलाई संरक्षण गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ भने यसले ग्राहकहरूमा पनि सकारात्मक प्रतिक्रिया पाएको छ।