Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

गोगोरोको प्रतिबद्धतापूरा : काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा

Machhapuchchhre Bank Limited

काठमाडौँ । दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक स्थापना गरेको छ। गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप smart scooter को बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माणगरेको हो। सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि हो।

स्मार्ट मोबिलिटीमा नयाँ युगको सुरुवात

रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्दछ। केवल६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्नेछन्।

गोगोरो स्वाप स्टेशनका प्रमुख विशेषताहरू

• रणनीतिक कभरेज: यात्रुहरूलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरूमा अवस्थित स्वाप स्टेशन।

• २४/७ उपलब्धता:स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने ।

• सहज इन्टरफेस:पहिलो पटक प्रयोग गर्ने हरूका लागि पनि सहज र सरल ब्याट्रीस्वाप प्रणाली।

• Advanced सुरक्षा तथा अनुगमन:Real time ब्याट्री health निगरानी तथा अन्य सुरक्षा मापदण्डहरू ।

• Scalability:भविष्यमा बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना ।

• Power Backup: स्वाप स्टेशनहरूमा गोगोरो ब्याट्रीद्वारा संचालित in-builtUPS प्रणालीउपलब्ध छ, जसले ग्राहकहरूलाई बिजुलीअवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता गर्दछ।

• AI Powered स्टेशनहरू:स्वापस्टेसनहरू AI प्रणालीद्वारा सञ्चालित हुन्छन्, जसलेब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको माग अनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गर्दछ।

नेपालको शहरी यातायातमा ठूलो परिवर्तन

गोगोरोको ब्याट्री-स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको चिन्तालाई(चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ। राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खनेबारेमा कहिल्यै चिन्ता गर्नुपर्दैन। यसरी स्वाप स्टेशनहरूले ईभी सवारीलाई अझ व्यवहारिक र आकर्षक बनाउँछन्।

हाल गोगोरोका स्टेसनहरू पेट्रोलपम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन्।हाल काठमाडौंमा दैनिक १०० भन्दा बढीस्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ।

“नेपालको ईभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरागर्न पाएकोमा गर्व लागेको छ। यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खुड्किलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,”नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भन्नुभयो।

Future ofगोगोरोका नवीनतम स्मार्ट स्कूटरहरू बारे जान्न नक्सालको गोगोरो शोरूममा जानुहोस्।गोगोरोले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई कसरी अगाडि बढाइरहेको छ भनेर प्रत्यक्ष रूपमा हेर्नको लागि आफ्नो नजिकको स्वाप स्टेशन visit गर्नुहोस्।

गोगोरोको बारेमा

सन् २०११ मा स्थापित गोगोरोले आफ्नो अग्रणी ब्याट्री-स्वापिङ नेटवर्कको साथ शहरी ऊर्जा वितरणलाई पुन: परिभाषित गरिरहेको छ। इनोभेसनको लागि विश्व प्रसिद्ध गोगोरोले आफ्नो स्मार्ट, scalableर sustainable mobilityसमाधानहरूको साथ शहरी यातायातलाई रूपान्तरण गरेको छ। ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा आएको गोगोरोले इलेक्ट्रिक मोबिलिटी इनोभेसनको नेतृत्व गरिरहेको छ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य समायोजन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३६

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल...