Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको छैटौं केन्द्रीय अधिवेशन चैत २९-३० गते हुने

Machhapuchchhre Bank Limited

काठमाडौं । कौण्डिन्य गोत्रीय पाठक समाज नेपालले छैटौं केन्द्रीय अधिवेशन तथा सम्मेलन यही चैतको २९ र ३० गते गर्ने भएको छ।काठमाण्डौंको टोखा नगरपालिकास्थित हरिहर आश्रममा सञ्चालन हुने दुई दिने कार्यक्रममा विभिन्न कार्यपत्र सहित पदाधिकारीका प्रतिवेदनमाथि छलफल हुने समाजका केन्द्रीय अध्यक्ष टीकाराम पाठकले जानकारी दिनुभयो।

अधिवेशनलाई सबैको सक्रियतामा अब्बल रूपमा सञ्चालन गर्नका लागि सबैतिर पत्राचार र सूचनाको काम भैरहेको समाजका महासचिव प्रा।डा। गणेशप्रसाद पाठकले बताउनुभयो ।

यसैबीच, अधिवेशन तथा सम्मेलनमा सहभागी हुनका लागि विदेशमा रहेका बन्धुहरूले समेत इच्छा गरेका हुँदा यसपटकको महाधिवेशन अझ ऐतिहासिक बन्न लागेको समाजका केन्द्रिय सचिव केशव पाठकले दावी गर्नुभयो।

३० वर्षअघि स्थापित यो समाजले सगोत्री भित्र विवाह नगर्ने, देशभरका पाठकहरूले एकैपटक एउटै तिथिमा हिंसारहित कुल पूजा गर्ने, सहयोगको आवश्यकता परेका बन्धुहरूलाई आर्थिक उद्दार गर्ने, समाजका सदस्यको मृत्यु भएको दशौं दिनमा प्रति परिवार एकसय रूपियाँ सहित उपस्थित हुने, पूजा लगायतका मृत्यु संस्कारमा एकरूपता अपनाउने लगायतका कार्य गर्दै आएको सचिव पाठकले जानकारी दिनुभयो।

रुपन्देहीको मणिग्राममा केन्द्रीय कार्यालय रहेको समाजले हालसम्म करीब पाँच करोड रूपियाँको भौतिक पूर्वाधार निर्माण गरि सार्वजनिक उपयोगमा ल्याएको समेत समाजले उल्लेख गरेको छ ।

समाजका सदस्यहरूको बसोबासका आधारमा ९ वटा क्षेत्रहरू निर्माण गरी क्षेत्रीय कार्य सञ्चालन गर्दै आएको र सदस्यहरूको थप विकाशका लागि युवा समिति र महिला समिति बनाई काम गर्दै आएको समेत समाजले जनाएको छ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...