CG Electronics
IME Life
Ncell NPL

कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको छैटौं केन्द्रीय अधिवेशन चैत २९-३० गते हुने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । कौण्डिन्य गोत्रीय पाठक समाज नेपालले छैटौं केन्द्रीय अधिवेशन तथा सम्मेलन यही चैतको २९ र ३० गते गर्ने भएको छ।काठमाण्डौंको टोखा नगरपालिकास्थित हरिहर आश्रममा सञ्चालन हुने दुई दिने कार्यक्रममा विभिन्न कार्यपत्र सहित पदाधिकारीका प्रतिवेदनमाथि छलफल हुने समाजका केन्द्रीय अध्यक्ष टीकाराम पाठकले जानकारी दिनुभयो।

अधिवेशनलाई सबैको सक्रियतामा अब्बल रूपमा सञ्चालन गर्नका लागि सबैतिर पत्राचार र सूचनाको काम भैरहेको समाजका महासचिव प्रा।डा। गणेशप्रसाद पाठकले बताउनुभयो ।

यसैबीच, अधिवेशन तथा सम्मेलनमा सहभागी हुनका लागि विदेशमा रहेका बन्धुहरूले समेत इच्छा गरेका हुँदा यसपटकको महाधिवेशन अझ ऐतिहासिक बन्न लागेको समाजका केन्द्रिय सचिव केशव पाठकले दावी गर्नुभयो।

३० वर्षअघि स्थापित यो समाजले सगोत्री भित्र विवाह नगर्ने, देशभरका पाठकहरूले एकैपटक एउटै तिथिमा हिंसारहित कुल पूजा गर्ने, सहयोगको आवश्यकता परेका बन्धुहरूलाई आर्थिक उद्दार गर्ने, समाजका सदस्यको मृत्यु भएको दशौं दिनमा प्रति परिवार एकसय रूपियाँ सहित उपस्थित हुने, पूजा लगायतका मृत्यु संस्कारमा एकरूपता अपनाउने लगायतका कार्य गर्दै आएको सचिव पाठकले जानकारी दिनुभयो।

रुपन्देहीको मणिग्राममा केन्द्रीय कार्यालय रहेको समाजले हालसम्म करीब पाँच करोड रूपियाँको भौतिक पूर्वाधार निर्माण गरि सार्वजनिक उपयोगमा ल्याएको समेत समाजले उल्लेख गरेको छ ।

समाजका सदस्यहरूको बसोबासका आधारमा ९ वटा क्षेत्रहरू निर्माण गरी क्षेत्रीय कार्य सञ्चालन गर्दै आएको र सदस्यहरूको थप विकाशका लागि युवा समिति र महिला समिति बनाई काम गर्दै आएको समेत समाजले जनाएको छ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...