CG Electronics
IME Life
NIMB

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम  सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘Walk for Water, Walk for Life’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ। सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक आयोजना गरेको यो कार्यक्रम आयोजना गरेको हो ।

सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरुप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन (ESG) मान्यताहरुलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरु समेत लागू गरिसकेको छ ।

हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलहरुमार्फत बैंक वित्तीय पहुँच विस्तार गर्न सदैव त्पर छ भने पुनर्नवीकरणीय उर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै, दिगो आर्थिक बृद्धिमा योगदान पुर्याउन पनि बैंक प्रतिवद्ध रहेको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ । यस दिवसको उद्देश्य दिगो विकास लक्ष्य (SDG) अन्तर्गत ‘सबैका लागि पानी र सरसफई सुनिश्चित गर्न योगदान पुर्याउनु हो । यस अवधिमा पानीको महत्वबारे जनचेतना फैलाउने विभिन्न अभियानहरु सञ्चालन गरिन्छ ।

यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ्ग उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्वको बारे जनचेतना फैलाउनका लागि ‘Walk for Water, Walk for Life’ वाकाथन कार्यक्रम आयोजना गरेको हो ।

पानी पृथ्वीमा जीवनको आधार हो । मानव मात्र नभई सम्पूर्ण जीवजन्तु, वनस्पति, कृषि, उद्योग तथा पारिस्थितिक प्रणालीका लागि पानी अनिवार्य छ । यदि हामीले यसको दिगो व्यवस्थापन नगरे, भविष्यमा स्वच्छ पानीको अभाव गम्भीर समस्या बन्न सक्छ भन्ने सन्देश फैलाउनका निम्ति सिद्धार्थ बैंकले यस वाकाथन कार्यक्रमको उद्देश्य रहेको थियो ।

यस वर्षको विश्व पानी दिवसको मुल एजेण्डा हिमनदी संरक्षण (Glacier Preservation) रहेको छ । हिमनदी संरक्षण भनेको पृथ्वीको दीर्घकालीन अस्तित्व सुरक्षित गर्नु हो। हिमनदीहरूबाट प्राप्त पानी पिउन, कृषि, उद्योग, ऊर्जा उत्पादन तथा पारिस्थितिक सन्तुलनका लागि अत्यावश्यक छ।

कार्यक्रम उद्घाटन गर्ने क्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेल ज्यूले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरु पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रुपमा अघि बढाउनु पर्ने धारणा राख्नु भयो । उहाँले पृथ्वीको तापमान बृद्धिसँगै हिमनदीहरु पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको बताउनु भयो ।

बैंकले आयोजना गरेको यस ५ कि.मी. लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म आइ सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका कर्मचारी लगायत विभिन्न सरोकारवालाहरु गरी ६५६ जना व्यक्तिहरुको सहभागिता रहेको थियो जसमध्ये ३९५ जना पुरुष र २६१ जना महिलाहरु थिए ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...