CG Electronics
IME Life
NIMB

नेपालबाट चोरी भएका सम्पदाहरु नेपालीहरुले नै फर्काउन सक्छन् : मन्त्री पाण्डे

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु आज नेपाल फिर्ता भएका छन् ।

आइतबार पुरातत्व विभाग काठमाडौंले विशेष कार्यक्रमको आयोजनागरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु सार्वजनिक गरेको हो ।

विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो ।

यसै सन्दर्भमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मूर्ति नभइ हाम्रा आस्थाहरुलाई, विश्वासहरुलाई, सम्पदाहरुलाई फर्काउन सफल भएको बताए ।

उनले नेपालबाट हराएका हरेक मूर्तिहरुले बोकेको महत्व, आम सम्पदाको महत्व, संस्कृतिको महत्व आस्थाको दृष्टिकोणले मापन गर्न नसकिने बताए ।

उनले भने, ‘नेपालबाट हराएका हरेक मूर्तिहरुले बोकेको महत्व, आम सम्पदाको महत्व, संस्कृतिको महत्व धेरै छ ।

यसमा यो मूर्ति कति केजीको थियो भन्ने कुरा मापन हुँदैन । यो मूर्तिहरुको महत्व बहुमूल्य छ । आस्थाको दृष्टिकोणले मापन गर्नै नसकिने तौल छ ।

त्यसैले हामीले हाम्रा आस्थाहरुलाई, हाम्रा विश्वासहरुलाई, हाम्रा सम्पदाहरुलाई फर्काउन सफल भएका छौं ।’
साथै उनले हाम्रा सम्पदाहरु संसारको जुनसुकै कुनामा पुगे पनि हरेक नेपालीहरुले फर्काउने सोच राख्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रा सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगोस् त्यो कुनामा नेपालीहरु छन् । नेपालीहरुले आफ्नो सम्पदा चिन्छन्, यो हाम्रो सम्पदा हो भनेर जान्दछन्, यसको महत्व थाहा पाउँछन्, र त्यसमा फर्काएर ल्याउने कुरामा संसारभरी फैलिएका नेपालीहरुले फर्काउने सोच राख्नुहुनेछ भन्ने मैले आशा लिएको छु ।

नेपालबाट चोरिएका मूर्तिहरु नेपालीले जसरी पनि फर्काउँछन् भन्ने एउटा सन्देश आजको चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरुले पुष्टि गरिसकेको छ ।’

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...