Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कानुन अनुसार आम्दानीको स्रोत खोजी गर्नुपर्छ : संचारमन्त्री

Machhapuchchhre Bank Limited

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सबै निकायहरुले कानूनले दिएको आम्दानीको स्रोतहरुको खोजी गर्न आग्रह गरेका छन् ।

आइतबार विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र)को बैठकमा बोल्दै उनले सबै निकायले आम्दानीको स्रोतहरु खोज्न र कानून बनाएर काम गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘आम्दानी केही छैन, किन नगरेको ? भवनहरुको आचरसंहिता हुनुपर्दथ्यो त्यसपछि केही पहल गर्न सकिन्थ्यो, केही शुल्क लगाउन सकिन्थ्यो, त्यसैले आम्दानीको स्रोतहरु खोज्नुपर्यो । कानूनले दिएको आम्दानीको स्रोतहरु खोज्नुपर्यो । कानुन बनाएर गर भनेको ठाउँमा कानून बनाउनुपर्यो ।

नत्र प्रदेश सभाहरुको के काम भयो र । नगर सभाको सदस्यहरु सबै आफ्नो नगरको विधायक हुन् प्रदेशलाई किन दिने स्थानीय विधायनले पनि केही न केही प्रवद्र्धन गर्नुपर्यो ।’

उनले विद्यालय, स्वास्थ्य चौकी र प्रहरी कार्याल्यहरुमा ल्यापटपसम्म नहुनु दुःखद कुरा भएको भन्दै सबै ठाउँमा इन्टरनेट उपलब्ध गराउने पनि बताए ।

उनले राज्यले धेरै खर्च गरेको तर काम नदेखिएको भन्दै ‘संघीय सांसदलाई हात्ती भन्दै प्रदेश सांसदलाई बाख्राको संज्ञा दिए ।

‘संघीय सांसद त हात्ती नै भए । तीनलाई १० भारी घास दिनुपर्यो । प्रदेश अन्तर्गतका बाख्रा भए एक मुठा घास चाइयो । स्थानीयलाई पनि चाइयो ।

जिम्मेवारीसहित तलवभत्ताको रुपमा होला । राज्यको धेरै खर्च हुँदा कही न कही त देखिनु परेन राज्यले अधिकतम उपयोग गर्न सक्नुपर्यो,’ उनले भने ।

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक...

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...