CG Electronics
IME Life
NIMB

मन्त्री भण्डारीको निर्देशनमा वाणिज्य विभागले एक्सन लिदाँ सिमेण्टको भाउ घट्यो

NIMB
Himalayan Bank

काठमाडौं । सरकारले पटकपटक गरेको पहलका कारण अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ भने, फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने उद्योगीले तयारी गरिरहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरुले निर्माण सामग्रीको मूल्य घटाउन तयार भएका हुन् । विभागले अनुगमनलाई तिव्रता दिनुका साथै देशभरिका ठुला स्टिल र फलाम उद्योगहरुबाट आफ्नो उत्पादन लागतको विवरण पेस गर्न पत्राचार गरेको छ । यसै समयमा लोडसेडिङ्गको समय घटेका कारण समेत सिमेण्टको मुल्य घटेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दहालले भने, ‘अहिले निर्माण सामग्रीको मुल्य देशभर नै घटिरहेको छ ।

स्टिलको कच्चा पदार्थ आयात गर्नुपर्ने हुदाँ कम रकम घटेपनी २–३ दिनमै घट्छ । उद्योगीले पेश गरेका वास्तविक लागतको विवरण अध्ययन गरेपछी अधिक्तम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्न सजिलो हुन्छ । सबै बस्तुहरुमा एमआरपी अनिवार्य गर्दा अहिलेको भन्दा सहुलियत अवश्य हुन्छ, हामी त्यसका लागी छलफलमा छौँ ।’ उनले भने, ‘मूल्यवृद्धि किन गरियो भनेर हामी सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौं । हामी वाणिज्यलाई सहजीकरण गर्ने र सँगसँगै उपभोक्ताको पनि हित गर्ने निकाय हौं । त्यसैले उपभोक्ताको अधिकारको ग्यारेन्टी हाम्रो दायित्वमा पर्छ ।’

देशभरिका सबै उद्योगलाई यही चैत २० गतेभित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्रा बिक्री मूल्य (एमआरपी) अंकित गर्न निर्देशन दिएको उनको भनाई छ ।

सिमेन्ट र स्टिल उद्योगहरुबाट उत्पादन लागतको विवरण आइरहेको विभागले जनाएको छ । अहिले जम्मा २६ वटा स्टिल उद्योग तथा ३२ वटा सिमेण्ट उद्योग सञ्चालनमा रहेका छन् ।
केहि दिन अघि अनुगमन गरी कारवाही समेत गरेको विभागले चैत २१ देखि हाम्रो कडा अनुगमन गर्ने जनाएको छ । एमआरपी नलेखिएका सबै वस्तु बरामद गरेर तिनका उत्पादकलाई कारबाही गर्ने विभागको भनाई छ ।

सिमेण्ट उत्पादक संघका अध्यक्ष रघु नन्दन मारुका अनुसार सिमेण्टको मुल्यमा १५ देखी २५ रुपयाँ सम्म घटेको छ ।

उनले भने, ‘२ दिनदेखी लोडसेडिङको समय न्यूनिकरण भएको छ । पहिला १२ घण्टा जती लोडसेडिङ हुने गरेकोमा अहिले ७ घण्टामा झरेको छ । त्यसले गर्दा हाम्रो लागत घट्यो र भाउ घटायौँ । अहिले कम्तीमा पनि प्रतिबोरामा १५ रुपयाँका दरले मुल्य घटेको छ ।’
अध्यक्ष मारुले सिमेन्टमा अधिक्तम मुल्य राख्ने विषयले भने उपभोक्ता झनै मारमा पर्ने सक्ने बताएका छन् ।

उनले भने, ‘बोरामै मुल्य राख्दा देशभरकै एकै मुल्य हुन्छ र दुर्गममा ढुवानीका कारण सोहि अनुसार बढी रकमको एमआरपी लेख्नुपर्छ । मुल्य राख्दा ढुवानी खर्च कम लाग्ने ठाउँका उपभोक्तालाई समस्या हुन्छ । यस विषयमा सरकार संग अझै छलफल गरेर निर्णय लिनुपर्ने देखिन्छ ।’

सिमेन्ट उद्योगहरुले मंसिरयता पटकपटक गरी बोराको २सय बढी रुपैयाँसम्म बढाएको उपभोक्ताको गुनासो आएपछी उद्योग मन्त्री भण्डारीकै समन्वयमा उद्योगीहरुले मुल्य घटाएका थिए ।

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...