Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

श्रम र रोजगार प्रवद्र्धनमा साझेदारी आवश्यक : मन्त्री भण्डारी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । श्रम तथा रोजगारका क्षेत्रमा संगठित र समन्वयात्मक तवरले कार्य गर्न सरकारले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक योजना तयार गर्नु परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले बताएका छन् ।

स्वीस कन्ट्याक्स्टको स्टेपअप परियोजनाको समापनमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धी नेपाली कै हातमा रहेको हुनाले नयाँ र प्रभावकारी तवरले इमान्दारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

रोजगार र आर्थिक बिकास एक आपसका परिपूरक रहेको बताउँदै आगामी दशकमासरकारले श्रमिकको माग सिर्जना, दक्ष श्रमिकको आपूर्ती र आर्थिक बिकासको लागि श्रम बजार प्रवद्र्धन गर्ने जस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले काम गर्ने योजना रहेको बताए ।

नागरिकलाई एकीकृत तवरले स्थानीय तहको नेतृत्वमा सबै श्रम तथा रोजगार सेवा प्रवाह हुनेगरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको जनाए ।

 

 

संविधानको समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा स्वीस कन्ट्याक्टको प्राविधिक सहयोगमा निर्मित कोशी सरकारको श्रम संसार डिजिटल पोर्टललाई अन्तरास्ट्रिय श्रम दिवश देखी सबै स्थानीय तहमा बिस्तार हुने जानकारी दिदै मन्त्री भण्डारीले अन्तर तह अन्तर निकाय समन्वय र सहकार्यलाई ब्यापकता दिने उल्लेख गरे।

समपान कार्यक्रममा बिराटनगर महानगरपालि र दुहबी नगरपालिकाका नगर प्रमुख तथा स्वीस कन्ट्याक्टका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए ।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:०२

  काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२÷०८३ को...

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक तथ्यांक

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक...

वि.सं.२०८२ वैशाख ७ आइतवार १७:०६

  काठमाडौं । प्रमुख आर्थिक सूचकको प्रयोग विधि र दिगो...