CG Electronics
IME Life
NIMB

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

NIMB
Himalayan Bank

 

काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ । गणितलाई प्रायः जसो कण्ठ गराउँदै र विभिन्न फर्मुलाहरूमा केन्द्रित भइ पढाउने गरिन्छ । त्यसले विद्यार्थीहरुमा गणितप्रति इच्छा जाग्नु भन्दा डर उत्पन्न गरिरहेको छ । त्यसैले विद्यार्थीहरूलाई वास्तविक जीवनमा गणितको प्रयोगलाई प्रोत्साहित गर्न इम्बार्क अनम्याथले फरक तरिका ल्याएको छ । गणितलाई संगीत, कला, वास्तुकला र खेलकुदसँग जोड्दै गणितलाई केवल एउटा विषय मात्र नभई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने लक्ष्य लिएको छ ।

प्रकृतिदेखि हाम्रा हरेक वित्तीय निर्णयहरूका पछाडि गणितको तर्क जोडिएको हुन्छ । तर परम्परागत शिक्षण प्रक्रियाले उक्त कुराहरुलाई जोड्न सकिरहेको छैन । इम्बार्क अनम्याथले भने उक्त समस्यालाई औँल्याउँदै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान सिकाउँछ जसले उनीहरूलाई गणितले कसरी हाम्रो संसारलाई आकार दिन्छ भन्ने बुझ्नमा मद्दत पुर्याउँछ ।

परम्परागत शैक्षिक प्रणालीमा हाबी रहेको नेपालमा इम्बार्क अनम्याथको नयाँ तरिकाले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । यो कार्यक्रम अपनाएका स्कुलहरुले गणितमा विद्यार्थीको संलग्नता बढ्नुका साथै उनीहरुको आत्मविश्वासमा सुधार भएको बताएका छन् । अफ्ठ्यारा फर्मुलाहरूको सट्टा वास्तविक जीवनमा लागु हुने प्रयोगहरूमा ध्यान केन्द्रित गरेर विद्यार्थीहरूलाई गणितको डर हटाउन र समस्या समाधान गर्ने सीपहरू सिकाउन इम्बार्क अनम्याथले मद्दत गर्दछ ।

धेरैलाई लाग्छ कि गणित केवल प्रतिभाशाली विद्यार्थीहरूको लागि हो । इम्बार्क अनम्याथ यस विचारलाई चुनौती दिँदै गणितलाई तर्क र रचनात्मकतामा सहयोग पुर्याउने माध्यम बनाउन चाहन्छ । विद्यार्थीहरूले प्रकृतिका ढाँचाहरू पहिचान गर्दा होस्, खेलकुद रणनीतिहरू विश्लेषण गर्दा होस् वा संगीतको पछाडिको गणित गर्दा होस्, इम्बार्क अनम्याथले दैनिक जीवनको एक हिस्सा गणित हो भन्ने देखाउँछ ।

इम्बार्क अनम्याथको अध्यापन तरिकाले आलोचनात्मक सोचको क्षमता पनि विकास गर्न मद्दत गर्छ । वास्तुकला मार्फत ज्यामिति सिक्न वा खेलकुद मार्फत तथ्याङ्कहरु बारे बुझ्नलाई विद्यार्थीहरुले गणितको उपयोग गर्न सक्नेछन् । यसले गणितलाई अलग–अलग फर्मुलाहरूको भन्दा पनि समस्या समाधान गर्ने साधनका रुपमा परिवर्तन गर्न मद्दत गर्नेछ ।

इम्बार्क अनम्याथले कण्ठ गर्ने वा सधैं सही उत्तर नै निकाल्न पर्छ भन्ने मान्यताले उत्पन्न गर्ने गणित विषयको मानसिक तनावसँग पनि लड्न मद्दत गर्छ । इम्बार्क अनम्याथका माध्यमले कठिन अभ्यासको साटोमा अन्तरक्रियात्मक र वास्तविक संसारका अध्ययन अनुभवहरूलाई प्रोत्साहन गरेर विद्यार्थीहरू गणितको डरलाई जिज्ञासामा परिवर्तन गर्न सक्षम हुनेछन् ।

इम्बार्क अनम्याथको सफलताले यो दृष्टिकोण अब नेपालभर बिस्तार हुँदै जाने सम्भावना झनै बढेको छ । यस संस्थाले सरकार र शैक्षिक बोर्डहरूसँग सहकार्य गरी गणितको यो फरक अध्ययन माध्यमलाई मुख्य पाठ्यक्रममा समावेश गर्ने लक्ष्य राखेको छ । गणित परम्परागत शिक्षाबाट परिवर्तन भएर जिज्ञासा, अन्वेषण र वास्तविक संसारको बुझाइमा प्रयोग हुनेछ भन्ने इम्बार्क अनम्याथले विस्वास लिएको छ । इम्बार्क अनम्याथ विद्यार्थीहरूलाई आखिरमा “म गणितलाई हरेक ठाउँमा देख्न सक्छु” भन्नेसम्म बनाउन चाहन्छ ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...