Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा पहिलो क्षेत्रीय ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ सम्पन्न

 

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक (एससीबी) ले नियामक निकाय र प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा सफलतापूर्वक कार्यशाला सम्पन्न गरेको छ।

अन्तर्राष्ट्रिय बैंकिङमा वित्तीय सञ्चालन बलियो बनाउन, अनुपालन मापदण्ड सुधार गर्न र विश्वव्यापी उत्कृष्ट अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले नेपालमा पहिलोपटक ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ आयोजना गरेको हो।

बिहीबार र शुक्रबार काठमाडौंमा आयोजित दुईदिने कार्यशालाको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले गरेका थिए। उद्घाटन समारोहमा गौतमले नेपालमा यस्ता कार्यक्रम आयोजना गर्नुको आवश्यकता औल्याउँदै क्षेत्रीय विषयविज्ञहरू ल्याउने एससीबीको प्रयासको सराहना गरे। साथै उनले वित्तीय अपराधविरुद्ध लड्न सरकार र वित्तीय क्षेत्रबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।

दुईदिने कार्यक्रममा एसियान र दक्षिण एसियाका १५ देशबाट आएका १३० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा केन्द्रीय बैंक, नियामक निकाय तथा बैंकिङ क्षेत्रका प्रमुख प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

विशेषज्ञहरूले सञ्चालन गरेको कार्यशाला, समूह छलफल र केस स्टडीमार्फत बैंकिङ र डिजिटल क्षमताहरूको प्रगतिबारे जानकारी प्रदान गरिएको थियो। कार्यशालामा जोखिम व्यवस्थापन, एन्टी–मनी लन्डरिङ र आतंकवादी वित्तीयकरणविरुद्धका उपाय, कानुनी कारबाही, सीमापार कारोबारमा देखिने चुनौतीहरू, वित्तीय सन्देश प्रणालीमा नवप्रवर्तन र विदेशी विनिमयलगायतका महत्वपूर्ण विषय समेटिएको थियो।

नेपालका स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख राणाले कार्यशालाको उद्देश्य र यसको महत्त्वबारे जानकारी गराएका थिए।

त्यस्तै, कार्यक्रममा क्यास प्रोडक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक चानी सिओङ, हेड अफ क्लाइन्ट एन्ड थर्ड पार्टी इन्टेलिजेन्सका कार्यकारी निर्देशक क्रिस फ्लेमिङ, एसियान र दक्षिण एसियाका हेड अफ स्यान्क्शन्स कम्प्लायन्स सेर्हाने भिक्टर र एफसीसी एक्ट प्रमुख तथा एसीसी जोखिम विशेषज्ञ निर्देशक जयेश कदमले प्रशिक्षण दिएका थिए।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...