Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता, अब कुवेतबाट नेपाल पैसा पठाउन सहज

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक रेमिट्यान्स सेवा सम्झौता गरेको छ। कुवेतमा रहेका नेपालीहरूले नेपालमा सहज रूपमा पैसा पठाउन सकून् भन्ने लक्ष्यका साथ सो सम्झौता गरिएको हो।

बिहीबार कुवेतको होटल मिलेनियम साल्मियामा आयोजित एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक ह्युज फरनेडबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसी, कुवेतस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत सुजनी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष रणध्वज लामा, विभिन्न संघसंस्था तथा पत्रकारसहित दर्जनौं नेपालीहरूको उपस्थिति रहेको थियो।

त्यस अवसरमा माछापुच्छ्रे बैंकले आफ्नै कभर गीत पनि सार्वजनिक गरेको छ। गीतको रचना पूर्व सञ्चालक हरिभक्त सिग्देलले गरेका हुन् भने सार्वजनिक कार्य बैंक अध्यक्ष केसी र कार्यवाहक राजदूत राणाले संयुक्त रूपमा गरेका थिए।

सम्झौतासँगै अब कुवेतभर रहेका अल मुजैनी एक्सचेन्जका १४५ शाखाबाट पठाइएको रकम नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा केन्द्र, ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ। साथै, पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि गरिएको छ।

माछापुच्छ्रे बैंकले यो सहकार्यसँगै विदेशमा रहेका नेपालीहरूलाई थप सहज र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा १० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...

वि.सं.२०८२ असार ३ मंगलवार २३:०५

  काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१८

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था...

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय व्यवस्थापन गर्न सम्झौता

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो...

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध...

वि.सं.२०८२ असार ३ मंगलवार २१:१६

काठमाडौं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा...

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार १०:१२

  काठमाडौं । एनएमबि बैंक लि.तथा काङ हाइड्रोपावर कम्पनी लि.बीच...

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड रिर्सोटबीच समझदारी

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:५७

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित...