CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्सले २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा भव्यताका साथ मनायो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, नेपाल — नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम र काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी वार्षिकोत्सवलाई अर्थपूर्ण बनाएको हो। सातै प्रदेशमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममार्फत कुल ४१२ पिन्ट रगत संकलन गरिएको कम्पनीले जानकारी दिएको छ।

रक्तदान कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा ३०–३० तथा नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ पिन्ट रगत संकलन गरिएको हो।

त्यसैगरी, कम्पनीको केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो, जसमा सर्वसाधारणले स्वास्थ्य परामर्श र परीक्षण सेवा प्राप्त गरेका थिए।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले २४औँ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको यस विशेष अवसरमा शुभकामना व्यक्त गर्दै कम्पनीलाई निरन्तर मार्गदर्शन गर्ने सञ्चालक समिति, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सबै सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि कम्पनीले सबैको माया, विश्वास र सहकार्य प्राप्त गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

नेपाल लाइफ इन्स्योरेन्सले विगत २४ वर्षदेखि नेपाली बीमा बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ र आफ्ना ग्राहकहरूलाई भरपर्दो जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...