Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बीमक प्रदेश प्रमुखहरूसँग बीरगञ्जमा समसामयिक अन्तक्र्रिया कार्यक्रम सम्पन्न

kumari  bank

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा आज बीरगञ्जमा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओझाले बीमा कम्पनीहरूको जोखिमाङ्कन सही भएमा दाबी भुक्तानीमा समस्या नआउने उल्लेख गर्नुहुूँदै जोखिमाङ्कन सही रुपमा गर्न र बजारमा कुनै पनि समस्या नआउने गरी बीमा ऐन नियम बमोजिम काम गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओझाले प्रदेश तथा स्थानीयस्तरमा बीमा सम्बन्धी कुनै समस्या वा गुनासा भए प्राधिकरणलाई जानकारी दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूले प्रदेश कार्यालयमा पर्याप्त अधिकार नभएको र जनशक्ति समेत न्यून रहेको, कृषि बीमाको सिफारिश लिन र क्षतिको निरिक्षण गर्न कठिनाई हुने गरेको, क्यास ब्याकमा चलखेल हुने गरेको, अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, बीमा सम्बन्धी जनचेतना बढ्न नसकेको र दाबी प्रक्रियालाई सरल बनाउन आवश्यक देखिएको लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बीरगञ्जस्थित जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।

 

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...