Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिएका छन् ।

नेपाल जेसिजद्वारा काठमाडौंमा आयोजित ‘क्रिएटिभ योङ इन्ट्रप्रेन्योर (ऋथ्भ्) र पब्लिक स्पिकिङ च्याम्पियनसिप २०२५’ मा बोल्दै उनले अधिकांश युवाहरूले विदेशमा मात्रै आफ्नो भविष्य देख्नु सुखद पक्ष नभएको बताएका हुन् ।

उनले युवा उद्यमशीलता प्रवर्धनका लागि सरकारले केही कार्यक्रमहरू ल्याएको बताए । उनले भने ‘गत आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरी १६५ जना उद्यमीहरूका लागी विना धितो ५ देखी २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेर व्यवसाय प्रवर्धनमा जोड दियौँ भने, यस आर्थिक वर्षमा १ अर्ब रकम विनियोजन गरेकोमा उक्त कार्यक्रमका लागि ६६१ जना उद्यमीहरू छनोट भकाएछन् ।

यो कार्यक्रम निरन्तर जारी रहन्छ ।’ उनले नविनतम् सोच भएका युवा उद्यमीहरूलाई विना धितो न्यून ब्याजदर मा दिएको रकमले उद्यमशीलताको विकास भइरहेको बताए । गतबर्ष बैंकको जागिर छोडेर समेत स्टार्टअप कर्जा लिएका उद्यमीले राम्रो व्यवसाय सञ्चालन गरी उदाहरणीय काम गरिरहेको बताए । उद्यमशीलताका लागि सरकारले नीतिगत सहुलियत दिँदै आएको बताए ।

उनले उद्यमशीलता र युवा नेतृत्व विकासका लागि सरकार युवाहरूको साथमा रहेको बताए । युवा उद्यमीहरू देशको आर्थिक रूपान्तरणका मेरुदण्ड बन्न सक्ने बताउँदै सरकारले नीति तथा कार्यक्रममार्फत निरन्तर सहयोग गर्दै आइरहेको उल्लेख गरे ।

उनले भने, ‘युवाको सृजनशीलता र दृढ सङ्कल्पले हाम्रो अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन सक्छ । यसका लागि हामीले ‘युवा उद्यमशीलता तथा रोजगार कोष’, ’स्टार्टअप फन्ड’ र ’इनोभेसन ग्रान्ट’ जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याएका छौँ ।’

उहाँले विश्वमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स जस्ता नवीनतम प्रविधिहरूले व्यापार र उद्योग क्षेत्रमा आमूल परिवर्तन ल्याइरहेको बताए । उनले भने, ‘यस्तो परिवर्तनशील परिवेशमा, हामीले हाम्रा युवा उद्यमीहरूलाई नवीनतम प्रविधि र व्यावसायिक मोडेलहरूसँग परिचित गराउनुपर्छ । उनीहरूलाई वैश्विक प्रतिस्पर्धामा टिक्न सक्ने क्षमताले सुसज्जित बनाउनुपर्छ ।

यसका लागि, सरकारी निकाय, निजी क्षेत्र र जसेजी जस्ता संस्थाहरूको संयुक्त प्रयास आवश्यक रहेको छ ।’उनले आफ्नो मन्त्रालय युवा उद्यमीहरूलाई प्राविधिक सहयोग, वित्तीय पहुँच र बजार विस्तारमा सहयोग पु¥याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । उनले ‘मेड इन नेपाल’ अभियानलाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने हाम्रो रणनीति रहेको बताए ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...