Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न सांसद ज्वालाको माग

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक उपभोग्य वस्तु र सिमेन्मा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दै प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘यतिबेला देशमा अनियमितता बेतिथि र कुशासन व्याप्त छ । सरकारी कार्यालयहरुमा ढिला सुस्ती र खुलेआम रुपमा घुसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्मा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ ।

अर्कोतिर प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? मन्त्री र प्रधानमन्त्रीको सम्पति तुरुन्त सार्वजनिक गरियोस् ।

त्यस्तै, उनले मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार नहुने धारणा राखे ।

सिंहदरबारको गेट खुला गरेर जनतालाई सहज प्रवेश गराउन उनको माग छ ।
उनले भने, ‘अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको जिउँदो नमुना सिंहदरबार गेट हो । त्यहाँ भएको जनताको लाईनमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।

मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार छैन् । गेट खुला गरेर जनतालाई सहज प्रवेश गराइयोस् ।’

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...