CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा सुरु, भिसा र मास्टर कार्डमार्फत भुक्तानी लिन सजिलो

NIMB
Himalayan Bank

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित नयाँ सेवा सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ ।

यस सुविधाबाट अब बैंकसँग आबद्ध व्यवसायी (मर्चेन्ट)हरूले नेपाल र विदेशका ग्राहकबाट भिसा तथा मास्टर कार्डमार्फत सजिलै अनलाइन भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

ई-कमर्स कारोबारमा संलग्न विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) लगायतका मर्चेन्टहरूलाई यो सेवा विशेष उपयोगी हुने बताइएको छ ।

 

सामान्यतया कार्डमार्फत हुने भुक्तानीमा कार्ड भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट यो प्रणालीले हटाएको छ । अब डिजिटल प्रविधिको माध्यमबाट छिटो, सुरक्षित र भरपर्दो ढंगले भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको छ ।

बैंकका अनुसार यो सेवा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सुलभ बनाउनुका साथै मर्चेन्टहरूको व्यापारिक अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले सुरु गरिएको हो ।

ग्राहकहरूलाई आवश्यक थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

 

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...