CG Electronics
IME Life
NIMB

शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिवल लिग–२०८२ मा ‘स्ट्रेन्थ पार्टनर’को रूपमा सहकार्य

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खेलप्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको ९औं प्रधानमन्त्री कप एनभीए महिला÷पुरुष भलिबल लिग–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य गर्ने भएको छ ।

राष्ट्रिय खेलको प्रवद्र्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको हो । हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव श्री रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. श्री निखिल अग्रवाल बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

शिवम् सिमेन्ट लिमिटेडले यसअघि भलिवल नेपालको राष्ट्रिय खेल भईसकेपछि यसको प्रबद्र्धन गर्न विभिन्न गेमहरुमा सहकार्य गर्दै आईरहेको छ । जसअन्र्तगत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेष्ट भलिवल लिग अन्र्तगत कर्णाली यशविस टिम प्रायोजन लगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रमहरूमा समेत प्रायोजन तथा सहकार्य गर्दै आएको थियो ।

९औं प्रधानमन्त्री कप एनभीए महिला÷पुरुष भलिबल लिग–२०८२ यहि जेठ ८ गते देखि जेठ १५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने छ, जहाँ प्रत्येक खेलमा करिब ३ हजारदेखि ४ हजारसम्म दर्शकहरु को उपस्थिति रहने नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगितामा कुल १४ टिमहरु सहभागि हुनेछन्, जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ ।

शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको छ । भलिबल, क्रिकेट, फुटबल, म्याराथनजस्ता लोकप्रिय खेलकुद कार्यक्रमहरूमा विगतका वर्षदेखि निरन्तर सहभागिता जनाउँदै आएको र शिवम् सिमेन्टले आगामी दिनहरूमा पनि यस्ता गतिविधिमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...