CG Electronics
IME Life
NIMB

राति १० बजेपछि होटल बन्द गर्ने सरकारी निर्णयले पर्यटन उद्योग संकटमा

NIMB
Himalayan Bank

काठमाडौं । राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबर्जस्ती बन्द गराउने सरकारी निर्णयविरुद्ध खुला रूपमा आक्रोशित बनेका छन्। उनीहरू भन्छन्, “यो नीति पर्यटन प्रवर्द्धन होइन, पर्यटनलाई ठप्प पार्ने उद्देश्यले रहेको देखिन्छ।”

ठमेल, सुन्धारा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, बसपार्क र कलंकीजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल प्रायः रातको समयमा हुने गर्छ। अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू बेलुका ढिलो वा राती हुने हुँदा पाहुना यही समयमा राजधानी आइपुग्छन्। होटल प्रवेश गर्नासाथ सिटी बजाउँदै प्रहरी होटल, रेष्टुरेन्ट बन्द गराइरहेको दृश्यले विदेशी पाहुना चकित र निराश हुने गरेका छन्।

“यो कुनै पनि हिसाबले पर्यटनमैत्री नीति होइन,”
भन्छन् जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल।
“पाहुना होटल आइपुग्छन्, खाना खान चाहन्छन्, सहरको सांस्कृतिक र रात्रिकालीन जीवन हेर्न चाहन्छन्। तर हामीकहाँ नीति यति कठोर छ कि पाहुनाले नेपाललाई पुनः भ्रमण गर्ने सोच समेत बदल्न सक्छन्।”

बरालको तर्क प्रष्ट छ—आजको काठमाडौँ २०–२५ वर्षअघिको जस्तो अब अँध्यारो, असुरक्षित र सुनसान छैन। अहिले यहाँ उज्यालो सडक छन्, नियमित विद्युत् आपूर्ति छ, सीसीटीभी निगरानी छ, र व्यस्त सहरको गति छ। यस्तो अवस्थामा सुरक्षा देखाएर होटल व्यवसाय बन्द गराउनु आफैँमा लाजमर्दो सोच हो।

होटल व्यवसायीको माग—”रातको १२ बजेसम्म सञ्चालनको अनुमति दिइयोस्”

उनीहरूको दीर्घकालीन सोच भनेको ‘चौबीसै घण्टा सञ्चालन’ हो। कारण स्पष्ट छ—होटल क्षेत्रले लाखौंको लगानी बोकेको छ, हजारौंलाई रोजगारी दिएको छ, र विदेशी मुद्रा आम्दानीको स्थायी स्रोत बनेको छ।

तर व्यवसायीहरू सरकारको मौनताबाट निराश छन्। पटक–पटक जिल्ला प्रशासन कार्यालय, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयमा प्रहरी प्रमुखलगायत सरोकारवाला निकायहरूमा गुनासो राखिँदासमेत सुनुवाइ नहुनु आफूहरूका लागि थप पीडादायक बनेको व्यवसायीहरूले दुखेसो पोखेका छन्।

सरकारी नीति : सुरक्षा चेतना कि व्यवसायविरोधी दृष्टिकोण?

सरकारले हालको नीति सुरक्षालाई आधार मानेर लिएको दाबी गर्छ। तर व्यवसायीहरूको प्रश्न छ—के अहिलेको प्राविधिक, पूर्वाधारयुक्त, सञ्चार-संवेदनशील युगमा पनि हामी पुरानै डरको धरातलमा जीउनु पर्ने हो?

महामारीपछि बल्ल उठ्न खोजेको पर्यटन व्यवसायको मुख्य आधार होटेल व्यवसाय छायामा पर्दा देशको अर्थतन्त्रमा समेत असर पर्ने व्यवसायीहरूको ठहर छ, यसर्थ रात्री १० बजे प्रहरीले सायरन बजाएर होटेल बन्द गराउने काम बन्द हुनु पर्ने माग होटेल व्यवसायीहरूको रहेको छ।

काठमाडौँका होटलहरू चाँडै बन्द हुने कुराले यहाँबाट फर्किने भारतीय पर्यटकहरूले भारतमा नकारात्मक सन्देश पुर्‍याउने सम्भावना रहन्छ। यस्तो अवस्थाले नेपालको पर्यटन क्षेत्रलाई प्रतिकूल असर पर्न सक्छ, त्यसैले होटल तथा व्यवसायहरूले पर्यटकमैत्री सेवा र समय व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...