CG Electronics
IME Life
NIMB

कञ्चनपुरका आरक्ष पीडितको पुनर्स्थापनामा सरकार गम्भीर नहुँदा अवस्था ज्यूँका त्यूँ : सांसद तामाङ

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा आज कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का सांसद तारा लामा तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको दयनीय अवस्था संसदमा उठाएका छन्। उनले विस्थापित परिवारहरूको पुनर्स्थापनाका लागि तत्काल भूमि ऐन ल्याउन सरकारसँग जोडदार माग गरे।

सांसद तामाङले २०५८ सालमा निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवारहरूको आजसम्म पनि स्थायी व्यवस्थापन नहुनु सरकारको गम्भीर उदासीनता भएको टिप्पणी गरे। उनका अनुसार विस्थापितको समस्या समाधान गर्न सरकारले हालसम्म ३२ वटा आयोग गठन गरिसकेको भए पनि कुनै पनि आयोग प्रभावकारी बन्न सकेको छैन।

“शिविरमा बसिरहेका परिवारहरू अझै पनि वर्षायाममा पानिको चेपो, हावाहुरीको त्रास, जङ्गली जनावर र सर्प–बिच्छीको खतरा, अनि आरक्ष प्रशासनको कारबाहीको डरमा असुरक्षित जीवन बिताइरहेका छन्,” सांसद तामाङले भने, “आफू त भूमि विहीन भयौं, अब सन्तान पनि त्यही अवस्थाबाट गुज्रिने हुन् कि भन्ने चिन्ताले पिरोलिएको अवस्था छ।”

कञ्चनपुरको ढक्का शिविरसहितका अन्य शिविरमा रहेका विस्थापितहरू न्यूनतम आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्थामा जीवन बिताइरहेका उल्लेख गर्दै तामाङले सरकारलाई मानवता र दायित्व बोधका आधारमा तत्काल हस्तक्षेप गर्न आग्रह गरे।

“अब ढिला गर्न मिल्दैन। आरक्ष पीडितको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्छ,” तामाङको संसदमा भनाइ थियो।

सांसद तामाङको यो हस्तक्षेपले वर्षौंदेखि राज्यबाट बेवास्ता भइरहेका कञ्चनपुरका विस्थापितहरूको पीडा फेरि एक पटक सार्वजनिक चासोको विषय बनेको छ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...