CG Electronics
IME Life
NIMB

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

प्राधिकरणद्वारा आयोजित प्रभातफेरी ¥याली बीमा सम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू अङ्कित प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै भद्रकालीदेखि सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक इमान्दारिताका साथ काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओझाले भन्नुभयो, “बीमा व्यवसायको हालसम्मको अवधिको समीक्षा गर्नु आवश्यक छ, जोखिम हस्तान्तरण गरेर वित्तीय सुरक्षण गर्न सकिन्छ भनेर आम नागरिकलाई आश्वस्त पार्नुपर्छ, दाबी भुक्तानी लगायतमा देखिएका कमी कमजोरीहरूलाई घटाउँदै शून्यमा झार्नुपर्छ ।”

बीमाप्रतिको विश्वसनीयता अभिवृद्धि, सेवामा सुधार, नविनतम् प्रविधि अवलम्बन र पहुँच वृद्धिको प्रक्षेपण सहितको वार्षिक कार्यक्रम ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिनुहुँदै अध्यक्ष ओझाले भन्नुभयो, “बीमा कम्पनीहरू सरकारबाट बीमा गर्नैपर्ने गरी गरिएका बाध्यकारी क्षेत्रबाट बाहिर निस्कनुपर्छ, नयाँ नयाँ क्षेत्रमा जानुपर्छ, समग्र बीमा क्षेत्रको विकास एवम् विस्तारमा आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ ।”

अध्यक्ष ओझाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम सर्वसाधारणसम्म लाभ पुग्ने गरी उपयोग गर्न समेत बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा कम्पनीहरूले बीमा व्यवसाय मात्र नभई सेवा पनि हो भन्ने भावनाले काम गर्नुपर्ने र बीमा व्यवसायलाई थप मर्यादित एवम् व्यवस्थित बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन तथा फुटसल प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा कर्मचारीहरू, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ, नेपाल लघुबीमक संघ, नेपाल बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ र नेपाल इन्स्योरेन्स ब्रोकर संघका अध्यक्ष तथा पदाधिकारीहरू र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...