CG Electronics
IME Life
NIMB

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

NIMB
Himalayan Bank

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निणर्य भएको जानकारी दिएका छन् ।

बुधबार लगानी वोर्डको ६२ औँ बैठक सम्पन्न भएपछि सञ्चारकर्मिहरुसँग कुरा गर्दै लगानी बोर्डका आयोजनाहरु नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, निकायहरु त्यसको साथ साथै प्रदेश सरकार स्थानीय तहसँग विभिन्न आयोजना सञ्चालन हुने निर्णय भएको बताएका हुन् ।

‘लगानी बोर्डमा लामो समयदेखि विभिन्न आयोजनाहरुको सूचिकृत रहेको कामलाई प्राथमिकीकरण गरी दोस्रो चरणमा लाने भन्ने विषयमा हामीले निणर्य गरेका छौ,’ उनले भने ।

उनले थप भने, ‘नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, निकायहरु त्यसको साथ साथै प्रदेश सरकार स्थानीय तहसँग विभिन्न आयोजना सञ्चालन हुने र कुन कुन आयोजना सार्वजानिक, निजी, साझेदारी मार्फत लैजाने भनि यसका विषयमा धारणा बनाउने र त्यसको लागि आयोजना बैंक बनाउने दृष्टिकोण पारित भएको छ ।’

अधिकृत ज्ञवालीले अर्थमन्त्रीको अध्यक्षतामा आयोजनाहरुको प्राथमिकीकरण गर्ने प्रस्ता पारित भएको भन्दै कर्णालीको जलविद्युतको आयोजना अगाडि बढाउने सन्दर्भमा महान्यायाधिवक्ताको कार्यलयको कानूनी राय लिने निर्णय भएको बताए ।

‘अर्थमन्त्रीको अध्यक्षतामा आयोजनाहरुको प्राथमिकीकरण गर्ने प्रस्ताव पारित भएको छ । लामो समयदेखि अल्झेर रहेको माथिल्लो कर्णालीको जलविद्युतको आयोजना अगाडि बढाउने सन्दर्भमा महान्यायाधिवक्ताको कार्यलयको कानूनी राय लिने निर्णय भएको छ । अहिलेको सार्वजानिक, निजी,साझेदारी खरिद प्रक्रिया स्पष्ट बनाएर लैजाने निर्देशिका लगायतका विषयमा छलफल गरेका छौ,’ उनले भने ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...