Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता, दिन भर अनुगमनमा व्यस्त

 

 

काठमाडौ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललले मन्त्रालय मार्फत शुरु भएको काठमाडौका मुख्य योजनाहरु पूरा गराउन ताकेता बढाउनु भएको छ । संघीय राजधानी भित्रका महत्वपूर्ण मानिएका आयोजनाहरुको स्थलगत निरीक्षण गर्दै उहाँले छिटो सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ ।

मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्व सहित मन्त्री दहालले आईतबार विभिन्न पूर्वाधार योजनाहरुको निरीक्षण गर्नु भयो । उहाँ सहित मन्त्रालयको टोलीले ग्वार्को तथा थानकोटमा निर्माणाधिन फ्लाईओभर र नागढुंगा सुरुङ्को निरीक्षण गरेको हो ।

मन्त्री दाहालको निरीक्षण क्रम बिहान ग्वार्को फ्लाईओभरबाट शुरु भई नागढुंगा सुरुङ सम्म पुगेको थियो । ग्वार्को फ्लाईओभर निरीक्षणका क्रममा मन्त्री दाहालले सो योजना जेठ महिना भित्रमा निर्माण पूरा हुने बताउनुभयो । निर्माण पूरा भए लगत्तै त्यहिबाट सवारी साधन सञ्चालन शुरु हुने समेत उहाँले जनाउनु भएको कछ । सो योजना पूरा हुन निर्धारित समय भन्दा ढिला भई सकेको उल्लेख गर्दै यसै महिना भित्र पूरा गरि सवारी साधन सञ्चालन हुने अवस्थामा पु¥याउन निर्देशन दिनुभयो ।

ग्वार्को फ्लाईओभरको निरीक्षण पछि मन्त्री दाहालले काठमाडौ प्रवेश गर्ने प्रमुखद्वार मध्येको थानकोट पुग्नु भयो । त्यहाँ उहाँले निर्माणाधिन फ्लाईओभरको निरीक्षण गर्नुभयो । त्यस क्रममा उहाँले सो फ्लाईओभर निर्माण पूरा भए पछि काठमाडौ भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने विश्वास गर्नुभयो । हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भई रहेको छ ।

त्यस लगत्तै यस्तै मन्त्री दाहालले नागढुंगा सुरुङ मार्गको समेत निरीक्षण गर्नु भयो । निरीक्षणका क्रममा मन्त्री दाहालले सो सुरुङ मार्ग निर्माणसँगै नेपालको यातायात क्षेत्र आधुनिक सुरुङ्युगमा प्रवेश गर्ने बताउनुभयो । सुरुङ्को समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ् सञ्चालनको मोडालिटी निर्माण भई रहेको छ । सोहि मोडालिटी अनुसार सुरुङ्बाट सवारी साधन सञ्चालन गरिने बताउनुभयो ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...