CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिीनिकल ल्याब बीच समझदारी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याब प्रा.ली.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लाईफ क्युइस्ट क्लिीनिक ल्याब प्रा.ली मा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता हुने

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०९:०४

काठमाडौं — GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club...

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०८:३७

काठमाडौं। CG Motocorp ले नेपालभर नयाँ Suzuki e Vitara विद्युतीय...

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २३:०३

  काठमाडौं, वैशाख ३१, २०८३ – भिभोले नेपाली बजारमा आफ्नो...

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:०१

  काठमाडौं, नेपाल — Midea ले नेपाली बजारमा आफ्नो नयाँ...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा उपहारको वर्षा

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:४१

काठमाडौँ । नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनप्वाइन्ट्सले आफ्नो बहुप्रतीक्षित...

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई CSR पहलमार्फत सहयोग

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई CSR...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:३५

काठमाडौं, नेपाल । सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै...