CG Electronics
IME Life
NIMB

एभरेष्ट इन्जिनियरिङ कलेजमा शिक्षण विधि तालिम सम्पन्न

NIMB
Himalayan Bank

ललितपुर । एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा शिक्षण विधि तालिम सोमबार सम्पन्न भएको छ । कलेजका शिक्षकशिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिम गरिएको जनाइएको छ ।

शिक्षक विकास कार्यशाला नाम दिएको कार्यक्रममा श्रोत व्यक्तिका रुपमा डा उमेश श्रेष्ठ रहेका थिए । कार्यक्रम अन्तरक्रियात्मक रुपमा चलेको थियो । विषयवस्तुमाथिको प्रस्तुति सैद्धान्तिक भन्दा व्यवहारिकमा जोड दिइएकोले कार्यक्रममा सवैजनाको उत्साहजनक सहभागिता रहेको थियो । त्यही कारण कार्यक्रम प्रभावकारी र उपयोगीसमेत रहेको कलेजले जनाएको छ । तालिममा कलेजका दुई दर्जन भन्दा वढी शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

कलेजले दिंदै आएको विशिष्टकृत शिक्षणलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ शिक्षकशिक्षिकाहरुलाई तालिम दिइएको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले बताए । उनले तालिमबाट आगामी दिनमा कलेजमा अध्ययनतर विद्यार्थीको उत्कृष्ट नजिता निस्कने विश्वास व्यक्त गरे ।
एभरेष्ट इन्जिनियरिङ कलेज इन्जिनियरिङ पढाई हुने देशकै एउटा उत्कृष्ट शैक्षिक संस्था हो । विगत २४ वर्षदेखि उत्कृष्ट पढाईका साथ यो कलेज सञ्चालन भइरहेको छ । यहाँं इन्जिनियरिङका विभिन्न विषयहरुमा स्नातकोतर तहसम्मको पढाई भइरहेका छन् ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...