CG Electronics
IME Life
NIMB

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ।

जोमसोम शाखाका प्रबन्धक टासी थकालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त सामग्री अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई हस्तान्तरण गरियो। कार्यक्रमका दौरान प्रबन्धक थकालीले बैंकले प्रत्येक वर्ष विभिन्न संघ–संस्था, विद्यालयहरूमा स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य केन्द्रकी अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटरले दम र निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी रोगीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै सांग्रिला बैंकप्रति आभार प्रकट गर्नुभयो। साथै, भविष्यमा पनि यस्ता सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो।

त्यसैगरी वडा सदस्य थकालीले स्थानीय स्वास्थ्य संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद दिँदै यसले गाउँका नागरिकको उपचारमा ठुलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

सांग्रिला डेभलपमेन्ट बैंकले आम नागरिकको विश्वासका साथ हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गरिरहेको छ। बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई आत्मसात गर्दै आगामी दिनमा सेवा क्षेत्रलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...