Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

 

मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ।

जोमसोम शाखाका प्रबन्धक टासी थकालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त सामग्री अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई हस्तान्तरण गरियो। कार्यक्रमका दौरान प्रबन्धक थकालीले बैंकले प्रत्येक वर्ष विभिन्न संघ–संस्था, विद्यालयहरूमा स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य केन्द्रकी अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटरले दम र निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी रोगीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै सांग्रिला बैंकप्रति आभार प्रकट गर्नुभयो। साथै, भविष्यमा पनि यस्ता सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो।

त्यसैगरी वडा सदस्य थकालीले स्थानीय स्वास्थ्य संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद दिँदै यसले गाउँका नागरिकको उपचारमा ठुलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

सांग्रिला डेभलपमेन्ट बैंकले आम नागरिकको विश्वासका साथ हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गरिरहेको छ। बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई आत्मसात गर्दै आगामी दिनमा सेवा क्षेत्रलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...