ntc.net.np
Ncell NPL
NIMB

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत -CEO) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” ले “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” द्वारा सम्मान गरिएको हो ।

उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई यो समग्र नेपाली बीमा उद्योगको उपलब्धी हो र यसमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचान पनि हो ।” उनले आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई पनि यस सफलताको मूल आधार मानेकी छन् ।

बेलायतमा मुख्यालय रहेको Women’s Tabloid एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाहरूको पहिचान र सम्मान गर्दै आएको छ । हरेक वर्ष विश्वभरका प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्नेक्रममा यसवर्ष श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड हात पार्न सफल भएकी हुन् ।

Women’s Tabloid का व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, “महिलाहरूले व्यवसाय र नेतृत्वमा पु¥याएको योगदान अद्वितीय छ । हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो ।”

श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ । रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको प्रयोग र संस्थागत सुशासनमार्फत कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति हासिल गर्दै आएको छ ।

उक्त सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको विश्वव्यापी मान्यता मात्र नभई नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको सन्देश पनि हो ।

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन सेवा, झन्झट र खर्च दुवै घट्ने

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:४२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका...

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:३७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव...

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३४

  काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा...

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३१

काठमाडा । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको...

रमादा इटहरीमा ‘द ग्रान्ड काउन्टडाउन २०८३’ आयोजना हुने

रमादा इटहरीमा ‘द ग्रान्ड काउन्टडाउन २०८३’ आयोजना...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:२६

  काठमाडौं। रमादा बाई विन्धाम इटहरी पशुपति मार्गले यस वर्षको...

नेप्से र टाइम फर्मास्युटिकल्सबीच सम्झौता

नेप्से र टाइम फर्मास्युटिकल्सबीच सम्झौता

वि.सं.२०८२ चैत २६ बिहीवार २२:०७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र टाइम फर्मास्युटिकल्स लिमिटेड...