Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिएनआईवाईईएफद्वारा टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न, द्विपक्षीय हितका विषयमा छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईएफ)ले पहिलोपटक टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न गरेको छ। नेपालका युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने, आपसी व्यापारिक सहकार्यको सम्भावना खोज्ने र नेपालको उद्यमशीलतालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो भ्रमण गरिएको हो।

सिएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालको नेतृत्वमा आठ जना युवा उद्यमीहरूले टर्कीमा विभिन्न व्यवसायिक संस्था, उद्योगी तथा उद्यमीसँग भेटघाट तथा छलफल गरे । निर्माण, सूचना प्रविधि, स्वास्थ्य, वित्त, व्यापार तथा सेवा, कृषि, र पर्यटनजस्ता विविध क्षेत्रका उद्यमीहरू सहभागी उक्त टोलीले व्यापार, लगानी तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्यका अवसरहरु खोजी गरेको छ ।

नेपाली युवा उद्यमी प्रतिनिधिले टर्कीका प्रमुख व्यवसायिक संघ संस्थाहरु इस्तानबुल चेम्बर अफ कमर्श, टर्कीका युवा व्यवसायीहरूको संस्था TUGIAD, अनातोलियन लायन्स व्यवसायी संघ (ASKON), स्वतन्त्र उद्योगी तथा व्यवसायीहरूको संस्था MUSIAD सँग दुई देशबीचको साना तथा मझौला उद्योग (SME) बीच सहकार्य, व्यापार प्रवर्द्धन र लगानी सम्भावना, उत्पादन व्यापार, कृषि प्रशोधन र औद्योगिक सहकार्य, निर्माण, पूर्वाधार तथा प्रविधिका क्षेत्रमा संयुक्त लगानी र सहकार्यका विषयमा छलफल गरे । त्यस्तै, दुई देशका युवा उद्यमीहरूलाई आपसी बीटूबी नेटवर्क बनाउने अवसर समेत प्राप्त भएको छ ।

सिएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालले भ्रमण निकै जानकारीमूलक र प्रेरणादायक रहेको बताए। यसले दीर्घकालीन साझेदारी, अन्तर्राष्ट्रिय सिकाइ, र नयाँ बजारका अवसरहरूका लागि ढोका खोलिदिएको उनले बताए ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...