Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले वृद्धि

 

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अंकले घटेको थियो । यस दिन फ्लोट इण्डेक्स २.०५ अंकले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अंकले घटेको थियो । त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज कुल ३२८ स्टकको ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको छ । यस अघि बिहीबार कुल ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यसदिन सप्तकोशी विकास बैंक लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ९९.५२ रुपैयाँले बढेर १ हजार ९५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । विन्ध्यवासीनी हाइड्रो पावर विकास कम्पनी लिमिटेडको शेयर मूल्य आज ८.९७ प्रतिशतले बढेर ४९५.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकको डिबेन्चरको मूल्य पनि ९०.३० रुपैयाँले वृद्धि हुँदै १२ सय ५.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन जोशी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशत अर्थात १९.३१ रुपैयाँले घटेर ३२७.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनीलिभर नेपाल लिमिटेडको शेयर मूल्य १ हजार ६३८ रुपैयाँले घट्दै ४५ हजार २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, पियोर इनर्जी लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि सर्वाधिक घटेको छ ।

आज साहस उर्जा लिमिटेड, बुटवल पावर कम्पनी, युनियन हाइड्रो, नाग्दी ग्रुप र राधि जलविद्युत कमपनीको शेयर सर्वाधिक कारोबार भएको छ ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा...

वि.सं.२०८२ असार २९ आइतवार ०८:५४

  काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा...