CG Electronics
IME Life
NIMB

गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ भव्यरूपमा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो।

साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए।

गायक–गायिकाको सशक्त प्रस्तुति

कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मिता अधिकारी चर्चित गायक–गायिकाहरूले गीतहरू प्रस्तुत गरेका थिए। उनीहरूको सुमधुर स्वर र भावपूर्ण प्रस्तुति दर्शकदीर्घामा भावनात्मक तरंग ल्याउन सफल रह्यो।

विशेषगरी ‘मै खुकुरी’ गीतले देशप्रेमका भावना उजागर गर्दा हलमा उपस्थितहरू भावुक बने भने ‘अङ्गालोमा बेरिरहुँ’ शीर्षकको मायापूर्ण गीतमा गायिका अन्जु पन्तको स्वरले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। उनले कार्यक्रमको छिनमा स्टेजबाट मिस युनिभर्सको विज्ञापनसमेत प्रस्तुत गरिन्।

सुमिना लो र रेश्मा बमजनको प्रस्तुतीले साँझ ढल्किँदै जाँदा अझै रमाइलो बनाउँदै लगे । दर्शकहरूले गीतसँगै ताल मिलाउँदै रमाइलो गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले टेक तामाङको यो प्रस्तुति नेपाली सांगीतिक क्षेत्रका लागि “सांस्कृतिक चेतनाको नयाँ इँटा” भएको बताए। गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले टेक तामाङको साङ्गीतिक साँझ नेपाली गीत–संगीतलाई आम जनमानससँग जोड्ने सशक्त प्रयास भएको बताए। उनले यस्तो प्रस्तुति नयाँ पुस्ताका सिर्जनशील व्यक्तित्वलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।

 

वि.सं. २०५० मा ‘छाल आउँदा सम्झनाको’ गीतबाट सांगीतिक यात्रामा प्रवेश गरेका टेक तामाङले हालसम्म ‘माटोको आवाज’, ‘स्वदेश’, ‘जीवनसाथी’, ‘नाता’, ‘आमा’, ‘भक्तिसागर’ र ‘नेपाल आमा’ जस्ता गीतसङ्ग्रह प्रकाशित गरिसकेका छन्। उनका थुप्रै गीत तथा कविता कृतिहरू प्रकाशनको तयारीमा रहेका छन्।

कलासँगै राष्ट्रसेवामा समर्पित तामाङ पेशागत रूपमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) हुन्। उनको लेखन, साहित्य, संगीत र सेवाको समिश्रणले समाजमा प्रेरणादायी सन्देश दिएको छ।

साँझको समापनमा टेक तामाङले उपस्थित सबैलाई धन्यवाद दिँदै यो साँझ “जीवनको अविस्मरणीय क्षण” भएको बताए।

 

कार्यक्रममा सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, प्रहरी, साहित्यकार, कलाकार, पत्रकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...