CG Electronics
Ncell NPL
TATA Banner

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘Yamaha Day’ को अवसरमा यस वर्ष विशेष महत्वको ‘Bridging Old and New, Through Kando Actions’ भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको हो ।

नेपालमा पनि यामाहाले विभिन्न कार्यक्रमहरू मार्फत यो अवसरलाई अर्थपूर्ण बनाएको छ । एमएडब्लु फाउन्डेसनको नेतृत्वमा यामाहा ब्लु स्क्वायर नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रम, दिगोपनको प्रतिबद्धता अनुरुप फ्याक्ट्री परिसर (एमएडब्लू अटो) मा गरिएको वृक्षारोपण अभियान र काठमाडौंको निःसहाय सेवा सदन, शान्तिनगर वृद्धाश्रममा गरिएको अर्थपूर्ण सामुदायिक सेवा सम्बन्धि गतिविधिसँगै समापन गरिएको मौलिक यामाहा ब्लुस्ट्रिक्स राइडआउट जस्ता कार्यक्रमले ब्राण्डको ‘समाजलाई योगदान गर्ने’ दर्शनलाई जीवन्त बनाएका छन् ।

देशभरका यामाहा शोरूमहरूमा केक काट्ने कार्यक्रमहरू आयोजना गरिए, जसले ग्राहक, साझेदार र कर्मचारीलाई एकै ठाउँमा जोड्ने काम ग¥यो । साथै, टेकस्पाएर कलेजमा स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तालिम पनि प्रदान गरिएको थियो । यस विशेष अवसरमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले आज हाम्रो लागि साँच्चै गौरवको दिन रहेको बताए । उनका अनुसार ७० वर्षको यो यात्रामा विगत ४० वर्षदेखि हामी यामाहासँगको साझेदारीमा छौं, जुन हाम्रो लागि पनि गर्वको विषय रहेको छ ।

यामाहाले युवालाई प्रेरणा दिने इनोभेटिभ, स्टाइलिश र पर्फर्मेन्समा उत्कृष्ट सवारीहरू ल्याइरहँदा यो साझेदारी अझ धेरै वर्षसम्म अघि बढिरहनेमा विश्वस्त रहेको अध्यक्ष अग्रवालले जनाए । यामाहाले स्टाइल र पर्फर्मेन्स दुवैमा अब्बल उत्पादनमार्फत आजका युवाहरूको मनमा गहिरो छाप छोडेको छ । यामाहाका यी गुणहरू नेपाली ग्राहकको चाहनासँग प्रत्यक्ष मेल खान्छन्, किनकि यहाँका उपभोक्ताहरू स्टाइलसँगै विश्वसनीयतालाई पनि उत्तिकै महत्त्व दिन्छन् ।

“यामाहासँगको दशकौं पुरानो सम्बन्ध सधैं नेपाली बजारमा इनोभेसन, जोश र गुणस्तरीय राइड एक्सपिरियन्स ल्याउने साझा उद्देश्यमा आधारित रहँदै आएको छ । यामाहा हाम्रो लागि केवल एउटा ब्राण्ड होइन, यो त हाम्रो मनमा बसेको छ, हाम्रो पहिचानमै मिसिएको छ । यसले हाम्रो जीवन बदलिदिएको छ । यामाहा त हाम्रो नशामा बगिरहेको छ । हो, हाम्रो रगत नै निलो बग्छ” अध्यक्ष अग्रवालले भने ।

यामाहा दैनिक यात्रादेखि रेसिङ हुँदै एड्भेन्चर खोज्नेहरूसम्मका लागि डिजाइन गरिएका विविध र शक्तिशाली उत्पादनको लागि परिचित रहँदै आएको छ । नेपालकै उच्च माइलेज दिने स्कुटर ARAI प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज भएको Yamaha RayZR 125FI Hybrid देखि लिएर स्पोर्टी र स्टाइलिस Yamaha R15 V4 सम्म, यामाहाले सधैं उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।

सडकमा दमदार उपस्थिति चाहनेहरूका लागि MT-15 V2 र FZ V3 सिरिज आकर्षणका केन्द्र बनेका छन्, भने Aerox 155 एक स्पोर्टी डिजाइन भएको परफर्मेन्स स्कुटरका रूपमा अगाडि आएको छ । अफ–रोड यात्राका लागि ध्च्१५५च् भरपर्दो विकल्पको रूपमा स्थापित भएको छ । यामाहाका सम्पूर्ण मेसिनहरू उन्नत जापानी प्रविधिबाट निर्माण गरिएका छन् जसले सुरक्षा, दक्षता र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्छन् ।

एमएडब्लु राइड्सको नेतृत्वमा सञ्चालन भइरहेको यामाहा नेपाल आज नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्ड बनेको छ । अत्याधुनिक जापानी प्रविधि, भरपर्दो पर्फर्मेन्स र उत्कृष्ट आफ्टर सेल्स सर्भिसको संयोजनमार्फत यामाहाले सधैं पर्फर्मेन्स, स्टाइल र ग्राहक सन्तुष्टिको मापदण्ड तय गर्दै आएको छ ।

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

एन आई सी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत विशेष छुट

एन आई सी एशिया बैंकको लकर सेवामा...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १८:३५

  काठमाडौं, मंसिर १९, २०८२। एन आई सी एशिया बैंकले...

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,०००...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १७:४६

  काठमाडौं । एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग...