Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे

काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदै छ। निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ, जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन्।

शार्क ट्याङ्क नेपालको प्रमुख प्रस्तुतिकर्ता ब्रान्डको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई रहनेछ, जुन उत्कृष्ट प्रदर्शन, नवीनता र अग्रताको प्रतीक हो। यो सहकार्यले नेपाली युवा उद्यमीहरू र नयाँ व्यवसायहरूलाई सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ। जसरी अपाचे आरटीआर १६० एसईले सडकमा आत्मविश्वास र शुद्धता देखाउँछ, त्यसरी नै शार्क ट्याङ्क नेपालले उदाउँदा उद्यमीहरूलाई अघि बढ्न मार्गदर्शन र अवसर दिनेछ। यी दुईको साझेदारीले नेपालको भविष्यका व्यावसायिक नेताहरूका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

शोको पहिलो सिजनमा नेपालका पाँच जना ख्यातिप्राप्त उद्यमी तथा उद्योगपति निर्णायकको रूपमा सहभागी हुनेछन्, आईएमई समूहका सह-संस्थापक तथा प्रबन्ध निर्देशक, हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक, सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक, ऋतु सिंह वैद्य, र नाइम्बस समूहका प्रबन्ध निर्देशक, आनन्द बगरिया। यी पाँच व्यावसायिक व्यक्तित्वको अनुभव र दृष्टिकोणले देशभर नयाँ उद्यमशीलता चेतना जगाउने अपेक्षा गरिएको छ।

शोमा देखिने उद्यमीहरू जस्तै, टीभीएस अपाचे आरटीआर १६० एसई पनि सिमाना तोड्दै अघि बढ्न चाहने आत्मविश्वासी र जोसिला व्यक्तिहरूको लागि डिजाइन गरिएको हो। यसले आफ्नो सेग्मेन्टमा पहिलो पटक मल्टिपल राइड मोड्सको सुविधा ल्याएको छ, जसले चालकलाई शहरको सहजता देखि अप्ठ्यारो मौसम जस्ता भिन्न परिस्थिति अनुसार अनुकूल बन्न सहयोग पुर्‍याउँछ। र नयाँ युगको चालकहरु जस्तै टर्न-बाइ-टर्न नेभिगेसन, कल अलर्ट, फ्यूल डाटा, र अटो क्यान्सल इन्डिकेटर जस्ता फिचर रहेको ब्लुटुट SmartXonnect क्लस्टरको साथ फोनको प्रयोग नै गर्न नपरी यो स्कुटर जहिले पनि कनेक्तेड रहन्छ ।

१६० सिसीको फोर-भाल्भ, अइल-कुल्ड इन्जिनमा रेस डेराइभ्ड O3C टेक्नोलोजी जडान गरिएको यस बाइकले चञ्चल पिकअप र स्पोर्टी परफरमेन्स दिन्छ। शहरको ट्राफिक होस् वा लामो दूरीको यात्रा, यस बाइकले शक्ति, शैली र अद्वितीय अनुभवमा अरूलाई पछि पार्छ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक, दस वर्षभन्दा लामो समयदेखि दुई पाङ्ग्रे सवारी साधन बजारमा सक्रिय रहँदै आएको छ। देशभर ११० डिलर र २८९ सर्भिस प्वाइन्ट  भएको यो कम्पनी विश्वसनीयता र सेवा गुणस्तरमा अग्रस्थानमा छ।

 

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...