IME Life
NIMB

हिमालयन बैंकको एफपीओमा ४.४२ गुणाबढी आवेदन

NIMB
Himalayan Bank

काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओमा अन्तिम दिनसम्म ४.४२ गुणाबढी आवेदन परेको छ । बैंकको एफपीओमा आइतबार साँझ ५ः१० बजेसम्ममा १७ लाख ८६ हजार ७८२ जना आवेदकले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता लागि आवेदन दिएको सिडिएसले जनाएको छ । बैंकको एफपीओमा ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकले असार ३२ गतेदेखि आज साउन ४ गतेसम्म एफपीओ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।
बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकम बराबर प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५७ रूपैयाँ प्रिमियम थप गरी जम्मा १५७ रूपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । बैंकले सेयर पुँजी वृद्धि गरी पुँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्काशन गरेको हो ।
एफपीओ निष्काशनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७।५९ कित्ता सेयर कायम हुनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रर्थाबाट सेयर बाँडफाँट हुनेछ । जसमा ९ लाख २५ हजार ४६९ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने ८ लाख ६१ हजार भन्दा बढीको हात खाली हुने देखिन्छ ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...