CG Electronics
IME Life
NIMB

बाढीका कारण रसुवागढी सुख्खा बन्दरगाहमा करिब एक अर्ब क्षति भयो : आशिष गजुरेल

NIMB
Himalayan Bank

काठमाडौं । देशभर आठवटा बन्दरगाहरु सञ्चालनमा छन् । अन्य नाकाहरु ६ ओटा भारततर्फ छन भने एउटा चीनतर्फ र एउटा काठमाडौंमा चोभार सुख्खा बन्दरगाह सञ्चालन भइरहेको छ । चोभार सुख्खा बन्दरगाहलाई चाहिने परियोजना भनेको काठमाडौं–तराई दु्रत मार्ग हो । यद्यपी, त्यसको अभावमा पनि हामीले यसलाई राम्रैसँग चलाइरहेका छौं । राज्यलाई कमाउने ठाउँमा हामीले पु¥याएका छौं, त्यो पनि एउटा ठूलो उपलब्धी हो । अहिलेपनि कन्टेनरहरु लिएर आउन धेरै प्रयासहरु गरिरहेका छौं । तर, पछिल्लो दिनमा विद्युतीय सवारी साधन वा इभीहरुको हब जस्तै बनेको छ । अहिले चोभार सुख्खा बन्दगाहलाई दुईभागमाा छुट्याएर चलाएका छौं ।
आधा भागमा पूर्ण रुपमा भन्सार जाँचपास र आधा भागमा लजिस्टिक भनेर चलाएका छौं । यो भनेको भन्सार जाँचपास भइसकेका व्यापारसँग सम्बन्धित क्रियाकलापहरु त्यहाँ गर्न दिन्छौं । त्यो भनेको चाहिँ पार्किङ, गोदाम प्रयोगको सुविधा, कसैले चाहिँ निर्यातको लागि लेबलिङ, प्रोसेसिङ गर्छौं भनेपछि त्यो पनि सुबिधा दिने गरेको छौं । लजिस्टिक हबको अबधारणा नेपालकै लागि नयाँ अवधारणा हो ।
जुनचाहिँ एकदमै सफल रुपमा चलिरहेको छ । अहिलेपनि लजिस्टिक हब जुन आदी भाग छ चोभार बन्दरगाह त्यहाँ हेर्न जानुभयो भने पार्किङको लागि स्पेस पनि पाउन कठिन छ । गोदामहरु पनि पूर्ण रुपमा भरिभराउ छ । त्यस हिसाबले हामीले सञ्चालन गरिरहेका छौं । अहिले राज्यलाई कमाउने ठाउँमा पु¥याउएका छौं ।
हाम्रो काम भनेको विषेश गरेर सुख्खा बन्दरगाह व्यवस्थापनको काम हो । सुख्खा बन्दरगाहको पहुँच मार्गहरु चाहिँ एकदमै चुस्त दुरुस्त नै छन् । यहाँका पूर्वाधारहरु पनि एकदमै आधुनिक छन् । यसको सञ्चालनका लागि एकदमै अत्याधुनिक सफट्वेयरहरुको प्रयोग गरेका छौं । हामीलाई ड्राइपोर्ट सञ्चालन र व्यवस्थापन गर्न कुनै समस्या छैन, सबै कुराले हामी एकदमै चुस्तदुरुस्त छौं । तर मुख्य समस्या भनेको बन्दरगाहहरु जोड्ने जुन सडकहरु छन तिनलाई धेरै नै सुधार गर्नुपर्ने देखिन्छ । मुख्यतः चीन जोड्ने सड्कहरु–जस्तै तातोपानीमा सुख्खा बन्दरगाह छ तातोपानीबाट काठमाडौंसम्म आउनका लागि सडक पूर्वाधार बनाउनुपर्ने, व्यापारलाई सहजीकरण गर्नुपर्ने, व्यापार लागत र बस्तुको मूल्य घटाउने खालका सडकहरु छैनन् । त्यस्ता कुराहरुमा सुधार गर्नुपर्ने छ ।
त्यस्तै रसुवामा पनि चीनसँग व्यापार हुन्छ र रसुवा–काठमाडौं जोड्ने सडक पनि एकदमै बनाउनुपर्ने स्थितिमा छ । भारततर्फका नाकाहरुको सडकहरु राम्रो स्थितिमा छन् । तर समस्या मुग्लिनबाट काठमाडौं आउने सडकमा छ । निर्माणका क्रममा रहेका ती सडकहरु जतिसक्दो चाँडो निर्माण हुनुपर्छ । अब अर्को चाहिँ भैरहवा नाकाबाट आउँदाखेरी बुटवल नारायणगढको सडक खण्डमा बर्षौंदेखि निर्माण हुन नसकेर एकदम जिर्ण रुपमा छ । त्यसले पनि हाम्रो व्यापारको मूल्य र व्यापारको समय घटाउँछ । त्यो प्राप्तीका लागि चाहिँ यी सडकहरुको सुधार गर्नुपर्ने जरुरी छ । सडकको अवस्थाले गर्दा सामान ओसारपसार गर्ने समय बढीरहेको छ । जसले मूल्यवृद्धिमा सहयोग पुर्याएको छ । त्यसले समग्र लजिस्टिक र सप्लाइ चेन लागतलाई बढाएको छ । भोलिका दिनमा सडक सुधार हुने वित्तिकै लजिस्टिक लागत र समय तुलनात्मक रुपमा घटिहाल्छ । आजको दिनमा भैरहवाबाट काठमाडौं आउनको लागि दाउन्नेमा दुईतीन दिनदेखि हप्ता दिनसम्म जाममा बस्नुपर्दा त्यति बेलासम्मको ट्रक अकुपाइ गर्नु, चालकको खर्चलगायत सबै कुराहरु लजिस्टिक लागतमा जोडिन्छन् ।
यदि राम्रो सडक बन्यो भने त भैरहवादेखि काठमाडौंसम्म एकै दिनमा आउन सक्छ । आजको दिनमा सडक स्तरीय नहुँदा लजिस्टिक लागत र समय त बढीरहेको छ ।
चीनतर्फ अहिले तातोपानीको नाका सञ्चालनमा छ । त्यहाँ ड्राइपोर्ट पनि सञ्चालमा छ । अब रसुवामा चाहिँ असार २४ गतेको भीषण बाढीले गर्दाखेरी रसुवागढीबाट चीन जोड्ने, केरुङतर्फ जाने त्यो मितेरी पुल भत्काएपछि त्यहाँ व्यापार ठप्प भएको छ । अहिले चीन सरकारले उक्त बगाएको पुलमा अस्थायी पुल निर्माण गर्न थालिएको छ भनिएको छ । त्यो पनि यात्रुको लागि मात्र हो कि सवारी साधनको लागि पनि हो भन्ने कुरा त्यति प्रस्ट छैन् । तर सुरुवात चाहिँ चीन सरकारले गरेको छ र नेपाल सरकारले पनि पुल निर्माणको लागि अनुरोध गरेको छ ।
रसुवामा चीन सरकारकै सहयोगमा सुख्खा बन्दरगाह निर्माणधिन थियो, जसमा ८१ प्रतिशत भौतिक प्रगति समेत भइसकेको थियो । तर असारको बाढीले निर्माणाधिन बन्दरगाह ठूलो क्षति पुर्याएको छ । यो चाहिँ झण्डै अनुमानित एक अर्ब बराबरको क्षति हो । अति जरुरी सामानहरु चाहिँ केरुङबाट रसुवाबाट नेपाल भित्रिने गरेको थियो । अब त्यहाँबाट कति चाहिँ डाइर्भट गरेर तातोपानीबाट ल्याइराखिएको छ । कतिजना चाहिँ कुरेर पनि बस्नु भएको छ, यो कति जरुरत छ र सामानचाहिँ कस्तो किसिमको हो भन्ने कुरामा पनि भर पर्छ । रसुवाको सट्टामा तातोपानी विकल्पका रुपमा प्रयोग भइरहेको स्थिति छ ।
तातोपानीलाई विकल्प बनाउँदा सवारीलाई यात्रा धेरै गराउनुपर्छ । त्यसले गर्दा मूल्य स्वभाविक रुपमा बढ्छ । अहिले रसुवाको पनि स्याफ्रुबेंशीदेखि रसुवागढीसम्म निर्मााणाधिन नै छ । तातोपानीमा पनि अब बनाउनु पर्यो भनेर नेपाल सरकारलाई सम्बन्धित मन्त्रालयमार्फत अनुरोध गरिरहेका छौं । तर, हालको अवस्था चाहिँ कमजोर नै छ । भू–गर्भको अवस्थाले पनि सडक निर्माण गर्न पनि कठिन र निर्माण पश्चात पनि कहिले पहिरो जाने कहिले खोलाले बगाउने भएकाले सडकहरु पनि एकदमै चाँडो बिग्रने र भत्किने समस्या आइरहेका छन् । त्यसकारण चीन जोड्ने नाकाहरुमा भौगोलिक जोखिम अत्याधिक छ । स्तरीय सडक बनाउँदा पनि भत्किने समस्या भएको धेरै देखिन्छ । जस्तै तातोपानी जाने ठाउँमा पनि चीन सरकारले एकदम ठूलो रिटेन्सन वालहरु लगाएर एकदमै राम्रो सडक बनाएको थियो । तर बाढीले बगाउने, पहिरोले भत्काउने जस्ता एकदमै ठूला समस्या आइरहेका छन । जति नै विशाल र जति नै दर्हो पूर्वाधारहरु बनाउँछु भनेपनि चीन जोड्ने सडकहरु संरक्षण गर्न र मेन्टेन गर्न निकै कठिन छ ।
रसुवाको सुख्खा बन्दरगाह चीन सरकारलेनै बनाइरहेको थियो हामीलाई हस्तान्तरण पनि भइसकेको थिएन । फागुनमा काम सकेर हस्तान्तरण गर्ने भन्ने थियो तर त्यसभन्दा अगाडि नै बगाएपछि सम्बन्धित मन्त्रालयले चीनको सम्बन्धित निकायसँग छलफल सुरु गरिसकेको छ । (नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक एवम यातायात विज्ञ आशिष गजुरेलसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...