CG Electronics
IME Life
NIMB

मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन

NIMB
Himalayan Bank

काठमाडौं । आन्तरिक राजस्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८१/०८२ मा तीन जिल्लाका ब्यावसायबाट ४९ करोड ४६ लाख राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न राजश्वका विभिन्न आम्दानीका शीर्षकबाट सो रकम संकलन भएको छ । ०८०/८१ मा भने ४६ करोड ५ हजार राजस्व सङ्कलन भएको थियो । गत वर्षको तुलनामा ३ करोडले राजस्व संकलनमा वृद्धि भएको राजश्व कार्यालय जुम्लाले जनाएको छ ।

कर कायालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार लक्ष्य ६३ करोड ७१ लाख मध्य ४९ करोड ४६ लाख अर्थात ७८ प्रतिशत राजस्व सङ्कलन भएको बताए । कर अधिकृतका अनुसार, संकलित राजस्वमध्य ३४ करोड ९५ लाख आयकरबाट संकलन भएको हो भने भ्याट करतर्फ १३ करोड ५२ लाख, अन्तशुल्क करबाट ९८ लाख ६१ हजार राजस्व संकलन भएको जानकारी दिएका हुन् ।

प्रमुख कर अधिकृत घिमिरेका अनुसार, आय करतर्फ व्यक्तिगत वा एकलौटी फर्मबाट १२ करोड १८ लाख ६९ हजार ६ सय ९४ रूपैयाँ ६९ पैसा, पारिश्रमिक आय करबाट १० करोड ३१ लाख ५२ हजार ९ सय ७१ रूपैयाँ ५९ पैसा संकलन भएको हो ।

पुजिगत लाभ कर व्यक्तिगतबाट ८७ लाख ७५ हजार ५ सय २२ रूपैयाँ २५ पैसा, आकस्मिक लाभ कर व्यक्तिगतबाट ५९ लाख १० हजार ७७ रूपैयाँ, आय कर सरकारी प्रतिष्ठानहरूबाट ७१ हजार ६ सय ६१, आय कर पब्लिक लिमिटेडबाट ८५ लाख ७० हजार ७७ रूपैयाँ, आय कर प्रालिबाट १ करोड ९१ लाख ९६ हजार ४ सय ५० रूपैयाँ ९३ पैशा राजस्व संकलन भएको प्रमुख कर अधिकृत घिमिरेले जानकारी दिएका हुन् ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...