CG Electronics
IME Life
NIMB

सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटलबीच आईपीओ निष्कासनका लागि सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक ऐतिहासिक कदमस्वरूप सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि सम्झौता सम्पन्न भएको छ।

बुधवार राजधानीको मेरियट होटलमा आयोजित औपचारिक कार्यक्रममा सम्झौतापत्रमा सारथी केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार, सारथी केवल इन्डष्ट्रीजले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत सर्वसाधारणका लागि आईपीओ मार्फत सार्वजनिक गर्नेछ। यस आईपीओले नेपाली नागरिकलाई सम्भावनायुक्त उत्पादन उद्योगमा प्रत्यक्ष लगानीको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।

कम्पनीले आईपीओबाट संकलन हुने पूँजीलाई नेपालमै पहिलोपटक अन्डरग्राउन्ड केवल उत्पादन गर्न प्रयोग गर्ने जनाएको छ। यसका अतिरिक्त Aluminium Furnace Plant जडानमार्फत उत्पादन क्षमतामा गुणात्मक वृद्धि गर्ने योजना पनि सार्वजनिक गरिएको छ। कम्पनीको दाबी अनुसार, यसले नेपालको विद्युत् पूर्वाधारमा दीर्घकालीन गुणस्तर र विश्वसनीयता ल्याउनेछ।

कार्यक्रममा बोल्दै अध्यक्ष अंकित भुसालले भने, “यो सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने हाम्रो अभियानमा एउटा महत्वपूर्ण मोड हो।” उनले नेपालमै भूमिगत केवल उत्पादनको सुरुवातलाई ऐतिहासिक निर्णयको रूपमा उल्लेख गरे।

त्यसैगरी सिटिजन्स क्यापिटल लिमिटेडका सीइओ सबिर बादे श्रेष्ठले भने, “सारथी केवलसँगको सहकार्य गौरवको विषय हो। यस क्ष्एइ परियोजनाले केवल उत्पादन क्षमतामा उल्लेखनीय योगदान दिनेछ र लगानीकर्ताका लागि सुनौलो अवसर हुनेछ।”

नेपाल सरकारले २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा सारथीको भूमिगत केवल उत्पादनले उच्च गुणस्तरको प्रसारण तथा वितरण प्रणाली निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अहिलेको करिब ८३,००० मेगावाट जलविद्युत सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न विश्वसनीय केबल तथा तार प्रणाली आवश्यक भएकाले यस कदमले दीर्घकालीन रणनीतिमा टेवा पुर्‍याउने कम्पनीको विश्वास छ।

सन् २००६ देखिनै क्रियाशील रहेको सारथी केवल इन्डष्ट्रीज लिमिटेडMulti-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादनमा विशेषज्ञ कम्पनीको रूपमा स्थापित छ। कम्पनीले आफ्नो उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय बनाउँदै आएको छ।

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...