जानकी केवललको आईपीओ बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त
Friday Jul 25, 2025
वि.सं.२०८२ साउन ९ शुक्रवार ०९:१०
काठमाडौं । जानकी केवल इण्डस्ट्रीले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका–४, धनुषास्थित कारोवार कार्यालय रहेको जानकी केवल इण्डस्ट्रीले कम्पनीको प्रबन्धपत्र र प्रचलित कानुनअनुसार आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन एनआईसी क्यापिटलसँग दुई पक्षीय सम्झौता गरेको हो । एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत, कम्पनी स्थापना कालदेखि लिएर सार्वजनिक सेयर निष्कासनसम्मका सम्पूर्ण परामर्श सेवा दिइँदै आएको छ ।

























