अग्नि इन्कर्पोरेटेडद्वारा महिन्द्राका २ नयाँ गाडी सार्वजनिक, हेटौंडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ पनि सुरु
Saturday Jul 26, 2025
वि.सं.२०८२ साउन १० शनिवार ०९:१३
काठमाडौं । अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राका २ नयाँ गाडी ‘महिन्द्रा बोलेरो नियो एसयूभी’ र ‘महिन्द्रा जीओ ईभी’ पनि एकसाथ सार्वजनिक गरिएको छ । महिन्द्राका दुई नयाँ सवारीसाधन महिन्द्रा जिओ र महिन्द्रा बोलेरो नियो पनि नेपालमा सार्वजनिक गरिएको हो ।
महिन्द्राको नयाँ एसयूभी महिन्द्रा बोलेरो नियोमा १४९३ सीसीको एमहक १०० बीएसभीआई इन्जिन, थर्ड जेनेरेसन स्कोर्पियो च्यासिस, ३८४ लिटरको फराकिलो बुट स्पेस, ७ सिटर कन्फिगरेसन तथा प्रिमियम इटालियन लेदर इन्टेरियरले छ ।
यो सुविधाले व्यावसायिक, निजी पारिवारिक, हरेक यात्रालाई अझै आरामदायी र सुविधाजनक बनाउँछ । त्यसैगरी महिन्द्रा लास्ट माइल मोबिलिटी अन्तर्गत नयाँ महिन्द्रा जीओ २ फरक भेरिएन्टमा सार्वजनिक गरिएको छ ‘ईभी डेलिभरी भ्यान’ र ‘ईभी पिकअप’ ।
बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, उपाध्यक्ष वेदासताषा श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका नेपाल, भुटान र बंगलादेशका लागि क्षेत्रीय प्रबन्धक चैतन्य कागलकरद्वारा अग्नि ग्रुपका विशेष पदाधीकारीहरू, महिन्द्रा एन्ड महिन्द्राका विशेष पदाधीकारीहरू, नेपालका लजिस्टिक्स विशेषज्ञ लगायत उपस्थित थिए ।
अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्रालिमार्फत हेटौंडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ पनि सुरु गरेको छ । बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले ताम्रपत्र अनावरण गरी लजिस्टिक्स सेन्टर उद्घाटन गरेका हुन् ।

























