IME Life
NIMB

४५ वर्षपछि फिर्ता आएका प्राचीन सम्पदा पारावत् महाविहारलाई हस्तान्तरण

NIMB
Himalayan Bank

 

काठमाडौँ । राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन कलाकृति आज इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले ती सम्पदाहरू महाविहार संरक्षण समाजलाई औपचारिक रूपमा हस्तान्तरण गरिन् ।

हस्तान्तरण अघि सङ्ग्रहालय प्रमुख नकर्मी, संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य, उपाध्यक्ष रमेशमान शाक्य, सचिव रत्नसम्भव शाक्य तथा काठमाडौँ महानगरपालिका–२४ का सदस्य रत्नाकर बज्राचार्यले हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

फिर्ता गरिएका ती कलाकृतिहरूमध्ये ३०० वर्ष पुरानो चिन्तामणि लोकेश्वरको थाङ्का, ५७५ वर्ष पुरानो गगनसिंह भारोया र उनकी पत्नीसहितको थाङ्का (पौभा), र ३२१ वर्ष पुरानो केशचन्द्रसहितको भैरव समावेश छन्। यी सम्पदा वि.सं. २०३७ साल भदौ २९ गते चोरी भई अमेरिका पुगेका थिए ।

कलाकृति फिर्ता ल्याउने अभियानमा अमेरिकास्थित नेवाः गुठीका अध्यक्ष विजयमान सिंह र पुरातत्व विभागबीच समन्वय गरिएको थियो । कलाप्रेमी स्टेफन एककार्डले सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा ती कलाकृति प्रदर्शनीमा रहेको देखेपछि नेपाल पक्षलाई जानकारी गराएका थिए । सो आधारमा ती सम्पदा सन् २००३ मा चोरी भएर अमेरिका पुगेको पुष्टि भएको थियो । दुई दशक लामो प्रयासपछि ती कलाकृति फागुन १९ गते नेपाल ल्याइ राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राखिएको थियो ।

हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपालका प्राचीन सम्पदाहरू फिर्ता ल्याउने कार्यमा संलग्न सबैलाई धन्यवाद दिंदै अब यस्ता सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले तीनै तहका सरकार सम्पदा संरक्षणमा सक्रिय हुनुपर्ने धारणा राखे । यस्ता सम्पदाहरूले भावी पुस्तालाई इतिहास बुझ्न मद्दत पुग्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले सम्पदा फिर्ता गराउने कार्यमा लागिपरेका अभियन्ताहरूको सराहना गर्दै महानगरबाट संरक्षणमा आवश्यक सहयोग रहने प्रतिबद्धता जनाइन् ।

संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले महाविहारमै एक सङ्ग्रहालय स्थापना गरी कलाकृति सुरक्षित राख्ने व्यवस्था मिलाइएको जानकारी दिए । पटक–पटकको प्रयासपछि सम्पदा फिर्ता ल्याई पुनः आफ्नै स्थानमा पुनःस्थापना गर्न पाउँदा गर्व महसुस भएको उनले बताए ।

सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले राष्ट्रिय सम्पदाको पुनःस्थापना गर्न पाउनु सुखद भएको उल्लेख गर्दै, यस्ता सम्पदाको दीर्घकालीन संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक हुने धारणा व्यक्त गरिन् ।

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

निसानको नयाँ ‘टेकटन’ एसयूभी अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै

निसानको नयाँ ‘टेकटन’ एसयूभी अगस्ट ११ मा...

वि.सं.२०८३ साउन २४ आइतवार २०:२३

काठमाडौं । निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ नेपालमा सार्वजनिक हुने...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...