CG Electronics
IME Life
NIMB

नेपालको प्रतिव्यक्ति आम्दानी बढेकाले विश्व बैंकले ०.७५ प्रतिशतमादिँदै आएको ऋण जुलाईदेखि बढाएर १.५ प्रतिशत पु¥यायो

NIMB
Himalayan Bank

काठमाडौं । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदरलाई बढाएर १.५ प्रतिशत पु¥याएको छ । उनले भने, ‘वल्र्ड बैंकले गएको यहीँ जुलाईदेखि इन्ट्रेस्ट रेट बढाएको छ । त्यो चाहिँ हामीले ४० वर्षभित्र तिर्ने गरि लिने गरेका थियौँ । अहिले म्याच्युरिटी अवधि पनि २४ माथप ६वर्ष गरेर ३० वर्ष भएको छ । यसअघि यस्तो अवधि ४० र ३८ वर्षे दुइटै दुई खालको थियो । अब ३० वर्षमाबनाइएको छ ।’

नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रुपमा बढेको उनको भनाइ छ । उनले भने, ‘अब किन बढ्यो त भन्दा खेरि हामी धनी भएर हो । हामी धनी भएको कारणले बढेको हो, कारण अरुकेहिपनि छैन। गरिब राष्ट्रहरूको सूचीमा नेपाल सबभन्दालो लेभलमा थियौँ । त्यो तलक्याट गरीबाट हामी अलिकति माथि आएकाछौँ।’

हालै विश्व बैंक र एसियाली विकास बैंकले आ—आफ्नो स्ट्राटेजी पनि ल्याएकाले ती स्ट्राटेजीहरूसँग सामञ्जस्य तामिलाउने गरि विकास सहायतालाई अघि बढाउने उनको भनाइ छ । उनले भने,‘कन्ट्री पार्टनर फेमबर्क भनेर वल्र्ड बैंकले ल्यायो कन्ट्री पार्टनर्स स्ट्राटेजी भनेर एडीबीले ल्यायो । तीदुईवटा डकुमेन्ट पनि हामीसँगकै सहकार्यमा बनेको थियो। त्यो डकुमेन्टहरुमा पनि जुन कुराहरु प्रायोरिटी भनेर उल्लेख त्यसैलाई आधार बनाएर विकास सहायता अघि बढ्ने हो । नेपालको विकास सहायतामा उनीहरुकै ८०% योगदान छ ।’

वैदेशिक सहायतालिने र दिने दुवै पक्षमा सहमतिनभई कार्यान्वयननहुने भएकाले यसमा नेपालले प्राथमिकताकाआधारमा वैदेशिक सहायतापाउननसकिने बताए । उनले भने, ‘वैदेशिक सहायताको कताकताअलोचनापनि गरेको देखिन्छ । हाम्रो प्राथमिकताहुनु प¥यो निहामीले भने ठाउँमा लाउनु प¥यो भन्ने गुनासो आउँछ ।’

यो सम्झौतावार्ता(नेगोसिएसन)बाट तय हुने भएकाले नेपालले भने जस्तो मात्रैविकास सहायता आउन सम्भव नरहेको उनले बताए । उनले भने, ‘यो नेगोसिएसनमै आधारित हो। हाम्रो कोसिस हाम्रो प्रायोरिटीमा लगाउने हो।’

कार्यक्रममा उपसचिव डोलेन्द्र शर्माले नेपालमा वैदेशिक सहायता परिचालनका अभ्यासबारे प्रस्तुतीकरण दिएका थिए । कतिपय अवस्थामा वैदेशिक सहायता प्रतिबद्धता अनुसार आउन सम्भवन हुने बताए । उनले भने, ‘हामी एमसीसीको कुरा ग¥र्यौँ, यो वर्ष पनि करिब सात अर्ब जति हामी एमसीसीको लागि राखेका छौँ ।यदी एमसीसीले निरन्तरता नपाएको भए त्यो वैदेशिक सहायता कार्यान्वयनमा देखिँदैन थियो ।’

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...