NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

३१औं विश्व आदिवासी दिवस नेपालमा भव्य रूपमा मनाइने, नेफ्डिन, एफएओ र युनेस्कोको संयुक्त सहकार्य

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपालमा यस वर्ष ३१औं विश्व आदिवासी दिवस भव्य र समावेशी ढंगले मनाइने भएको छ । पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), फूड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) र युनेस्को नेपालको संयुक्त सहकार्यमा दिवस बृहत रूपमा मनाउने तयारी गरिएको हो ।

यसै सन्दर्भमा सोमबार ललितपुरस्थित एफएओको सभाहलमा सम्पन्न विशेष बैठकले कार्यक्रम व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक तयारीलाई तीव्र बनाएको छ । बैठकले कार्यक्रमको सुचारु सञ्चालनका लागि कार्यक्रम व्यवस्थापन, मञ्च तथा अतिथि व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, प्रचार–प्रसार, झाँकी प्रदर्शन, स्वयंसेवक परिचालन, भेषभूषा तथा परिकार व्यवस्थापनजस्ता विविध पक्ष समेट्ने गरी उपसमितिहरू गठन गरेको छ ।

बैठकमा उपस्थित प्रमुख अतिथिहरूमध्ये नेफ्डिनका उपाध्यक्ष रेशम गुरुङ, सदस्य सचिव ज्ञानेन्द्र पुन, एफएओका प्रतिनिधि राज हुमागाई र युनेस्को नेपालकी प्रतिनिधि वर्षा लेखीले आफ्ना विचार तथा योजना प्रस्तुत गरेका थिए ।

आयोजक संस्थाहरूले करिब ६ सय जनाको सहभागिता रहने अपेक्षा गरेका छन् । सहभागीहरूमा देशभरका करिब ५ सय जना विभिन्न जातजाति र भाषाभाषी समुदायका प्रतिनिधिहरू रहनेछन् भने अन्य सय जना संघ–संस्थाका पदाधिकारी, विदेशी पाहुना र संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधिहरू हुनेछन् ।

कार्यक्रमको मुख्य उद्देश्य आदिवासी जनजातिहरूको पहिचान, अधिकार, सांस्कृतिक विविधता र परम्पराको सम्मानसहित जलवायु परिवर्तन, पर्यटन प्रवद्र्धन, वातावरण अनुकूलता तथा आदिवासी परिकारहरूको प्रवद्र्धनात्मक प्रस्तुति गर्नु हो ।
समारोहमा प्रस्तुत गरिने मुख्य कार्यक्रमहरूमा विभिन्न बीस भन्दा बढी जनजातिहरूको झाँकी नाच तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ । साथै, नेवारी संस्कार, संस्कृति र परिकारसहितको “राष्ट्रिय आदिवासी जनजाति सम्मेलन समारोह“ विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछ ।

त्यस्तै, थारु जातिको परम्परागत परिकारहरूको प्रदर्शनी तथा प्रवद्र्धन गरिनेछ । नेवारी भाषाको प्रवद्र्धन, विकास र डिजिटाइजेशनसम्बन्धी जानकारी समेत प्रस्तुत गरिनेछ । गुगल ट्रान्सलेटमा नेवारी भाषा हालै समावेश भइसकेको सन्दर्भमा भाषिक अधिकारप्रतिको यो एक सशक्त सन्देशको रूपमा लिइने छ ।

हिमाल, पहाड र तराई क्षेत्रलाई समेट्नेगरी आयोजकले विविध जातजातिको सांस्कृतिक सहभागिता सुनिश्चित गर्दै देशको सांस्कृतिक समावेशितालाई उजागर गर्ने लक्ष्य लिएका छन् । कार्यक्रमको सन्देश राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रसारण गरिनेछ । राष्ट्रिय सन्देशमा “समावेशीताको पूर्ण कार्यान्वयनमार्फत आदिवासी जनजातिको समृद्धि, समृद्ध नेपाल निर्माणको आधार हो” भन्ने विचारलाई मूल विषय बनाइएको छ ।

अन्तर्राष्ट्रिय सन्देशको रूपमा “मातृभाषाको संरक्षण र प्रवद्र्धन, खाना, वातावरण र समृद्ध जीवनयापनका लागि आत्मनिर्णयको अधिकारको सुनिश्चितता” मा जोड दिइएको छ । विशेषतः जलवायु परिवर्तन र वातावरणीय संकटसँग जुध्न आदिवासी जनजातिहरूको परम्परागत ज्ञान, जीवनशैली र प्रकृतिप्रतिको समर्पण अपरिहार्य रहेको सन्देश दिइनेछ ।

कार्यक्रमको सन्दर्भमा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले पहिलो पटक युनेस्को र एफएओसँग सहकार्य गर्दै प्रतिष्ठानले दिवस यसरी बृहत रूपमा मनाउन लागेको जानकारी गराउँदै यस दिवसले नेपालका आदिवासी जनजातिहरूको भाषा, भेषभूषा, परिकार र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । उनले दिवसलाई भव्य बनाउन सम्पूर्ण समुदाय, संघ–संस्थाहरू र नागरिकहरूलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।

यसरी, ३१औं विश्व आदिवासी दिवस नेपालमा यसपालि ऐतिहासिक रूपमा बृहत् र अन्तर्राष्ट्रिय स्वरूपमा मनाउन लागिएको छ । यो दिवस न केवल सांस्कृतिक उत्सवको रूपमा सीमित रहनेछ, तर आदिवासी जनजातिहरूको पहिचान, अधिकार र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको छ । ३१औं विश्व आदिवासी दिवस २०८२ साल श्रावण २२ गते काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा आयोजना गरिनेछ ।

उक्त बैठकमा नेपालका विभिन्न जातजातिका संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) अन्तर्गतका छाता महासंघहरू, महिला महासंघ, युवा महासंघ, पत्रकार महासंघ (फोनिज), विद्यार्थी महासंघ, अपाङ्ग महासंघका साथै एफएओ, युनेस्को र नेफ्डिनका वरिष्ठ प्रतिनिधिहरू पनि बैठकमा सहभागी थिए ।

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...