CG Electronics
IME Life
NIMB

बजाजको नयाँ विद्युतीय स्कुटर चेतक ३५०१ नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । बजाजको बहुप्रतीक्षित विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपाल भित्रिएको छ । कम्पनीको विभिन्न मोडेलमध्ये ‘३५०१’ मोडेल नेपाल ल्याइएको हो ।

हालका लागि केही युनिट मात्रै परीक्षणका लागि भित्र्याइएको हुलास अटोक्राफ्ट प्रालिले जानकारी दिएको छ । हुलास अटोक्राफ्ट बजाज ब्राण्डको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो । कम्पनीका अनुसार उक्त स्कुटर यही वर्ष हुने नाईमा मोबिलिटी एक्सपोमार्फत आधिकारिक रूपमा सार्वजनिक तथा प्रदर्शनीमा राखिने छ ।

चेतक ईभीमा ३.५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले एकपटक फुल चार्जमा १५३ किलोमिटर दूरी पार गर्न सक्छ । स्कुटर ७३ किलोमिटर प्रतिघण्टासम्मको गति लिएर कुद्न सक्छ भने यसको ब्याट्री ३ घण्टामा ८० प्रतिशत चार्ज हुने क्षमता राख्दछ ।

प्रयोगकर्तालाई सहज बनाउन यस स्कुटरमा ३५ लिटर बराबरको अन्डर सिट स्टोरेज दिइएको छ । साथै, वाटर प्रुफ रेटिङ आईपी६७ रहेको स्कुटरमा ४ किलोवाट क्षमताको स्थायी चुम्बक तुल्यकालिक मोटर प्रयोग गरिएको छ । सुरक्षा पक्षलाई ध्यानमा राख्दै स्कुटरमा डिक्स ब्रेकको सुविधा पनि उपलब्ध छ ।

स्कुटरमा ५ इन्चको रंगीन टीएफटी डिजिटल डिस्प्ले दिइएको छ, जुन ब्लुटुथमार्फत स्मार्टफोनसँग जडान गर्न सकिन्छ । साथै, रिभर्स मोड, ओभर स्पीड अलर्ट दिने एआई प्रविधि जस्ता विशेषता समेत यसमा समावेश छन् । कम्पनीले स्कुटरसँग ३ वर्ष अथवा ५० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ ।

भारतमा बजाज चेतक ईभीको मूल्य १ लाख ४२ हजारदेखि १ लाख ५० हजार भारुसम्म कायम गरिएको छ । नेपालमा यसको मूल्य घोषणा भने मोबिलिटी एक्सपोपछि हुने बताइएको छ । विद्युतीय सवारीमा बढ्दो चासोको सन्दर्भमा चेतक ईभी नेपाली बजारमा एक आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...