CG Electronics
IME Life
NIMB

एमआरपी बिना सामान बेच्न नपाइने : विभाग प्रमुख दाहाल

NIMB
Himalayan Bank

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले व्यवसायीहरुलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भएका सामान मात्र विक्री गर्न सुझाव दिएका छन् ।

आइतबार ललितपुर उद्योग संघले आयोजना गरेको व्यवसायिक सचेनता गोष्ठीमा बोल्दै उनले व्यापारी र उद्योगपतिलाई एमआरपी लगाउने अधिकार रहेको भन्दै एमआरपी लगाएका बस्तुमात्र विक्री गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘एमआरपी अधिकतम खुद्रा मूल्य व्यापारी र उद्योगपति खुद्रा विक्रेता अथवा आयातकर्ता दुईवटाले मात्र एमआरपी लगाउन पाउँछन् । किनभने उनीहरुलाई त्यो अधिकार छ । आयातकर्ताको आयातित सामान र उद्योगीको उद्योगहरुमा उनीहरुको ट्रेडमार्ग हुन्छ ।’ उनल थप भने,‘ आफ्नो अधिकार हुन्छ । लगानी गरेका हुन्छन् । डिलर र खुद्रा विक्रेतालाई एमआरपी लगाउन भन्दैनौँ तर व्यवसायीहरुले एमआरपी लगाएका बस्तुमात्र विक्री गर्नुपर्छ । अन्यथा त्यो वस्तुलाई शंका गर्छौँ कतै यो वस्तु चोरीको त हैन ।’

उनले नेपालको ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक बजारमा रमाइरहेकाले एमआरपीको विरोध भईरहेको भन्दै यसलाई लागू गर्न सके मात्र देशको अर्थतन्त्र तीन गुणाले बढ्ने बताए ।

‘अहिले ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक हो । हामी त्यसैमा रमाइरहेका छौँ । त्यसैकारण हामी नीतिको विरोध गर्छौँ । एमआरपीको विरोध गर्छाँै । बिल, बिजक दिदैनाँै । सबैले हैन कसैकसैले दिँदैनन् । त्यसलाई न्यूनिकरण गर्न खोजेको हो । यदि एमआरपी लगाइयो र सबैले बिल, बिजक दिने हो भने देशको अर्थतन्त्र तीन गुणाले बढ्छ,’ उनले भने ।

यसैगरी राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले व्यापारिक कारोबार गर्ने व्यवसायिहरुलाई कानुनको दायरामा ल्याउने काम स्थानीय तहको रहेको भन्दै सबै व्यवसायलाइ दर्ता प्रक्रियामा ल्याउन अनुरोध गरे ।

‘दर्ता नभएका दुकान,प्रतिष्ठान अथवा अन्य व्यापारिक कारोबार गर्ने व्यवसायिहरुलाई कानुनको दायरामा ल्याउने, दर्ता प्रक्रियामा ल्याउने काम स्थानीय तह वा नगरपालिकाको हो । उद्योग वाणिज्य संघ मार्फत मैले भनेको छु, अब व्यवसायिहरुलाई दर्ता प्रक्रियामा ल्यानुस्,जोडिनुस् । यसमा नगरपालिकाहरु सजक र सचेत हुनुहोस्,’ उनले भने ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...