CG Electronics
IME Life
NIMB

जगदम्बा मोटर्सले ‘नैमा मोबिलिटी एक्स्पो २०२५ मा’ विशेष अफरसहित प्रोटोन ईमास ७ को प्रदर्शनी जारी

NIMB
Himalayan Bank

काठमाडौं। अगस्ट २०२५ – प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नैमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागी भई नेपालको दिगो मोबिलिटी भविष्यप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । कार्यक्रममा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

यस वर्षको सुरुवातमा, मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन इमास ७ नेपाल निर्यात गरेर इतिहास रचिएको थियो, यो मोडलले मलेसियामा आफ्नो सेगमेन्टमा नम्बर १ इभीको स्थान हासिल गरिसकेको छ ।

जगदम्बा मोटर्स, जसले अटोमोबाइल उद्योगमा १४ वर्षभन्दा बढीको अनुभव बटुलेको छ, सन् २०१८ को नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ । सन् २०२५ सकिँदासम्म देशभर १२ वटा सोरूम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना कम्पनीको छ । ताकि प्रोटोनका गाडी र सेवा नेपालभर सहज रूपमा उपलब्ध गराउन सकियोस् । जसमध्ये हाल ३ वटा शोरुमबाट ग्राहक सेवा प्रदान भइरहेको छ ।

शंकर ग्रुपमार्फत व्यापक इभी इकोसिस्टम निर्माण गर्न विभिन्न पहलहरू गरिएको छ, जसअन्तर्गत निम्न सेवाहरू उपलब्ध गराइनेछनः
१. प्रामाणिक स्पेयर पार्ट्स ।
२. आधुनिक डाइग्नोस्टिक उपकरणहरू ।
३. प्रोटोन र गिलीद्वारा प्रमाणित पूर्ण रूपमा तालिमप्राप्त प्राविधिकहरूको सेवा ।
४. सरल र सहज वारन्टी दाबी प्रक्रिया ।
५. चार्जीङ स्टेसन ।
यी व्यवस्था ग्राहकका सबै आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने र सेवा प्रदानमा उच्चतम स्तर कायम राख्ने उद्देश्यले तयार गरिएको हो ।

नैमा मोबिलिटी एक्स्पोमा विशेष रूपमा घोषणा गरिएका प्रारम्भिक अफर:

• जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षको लागि ०% ब्याजदर, जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गरिन्छ।

• ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलिज वारन्टी ।

• २.९९ लाखको सिधा नगद छुट, साथै थप सुविधाहरू ।

• एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन, तपाईंको पुरानो गाडीको उच्चतम मूल्य सुनिश्चित ।
• नि:शुल्क अटो प्लस बीमा, व्यापक कभरेज प्रदान ।

• इमास असिस्टेन्ट प्लस, जसमा प्रिमियम रोडसाइड सहायता सेवा र तत्काल सहयोगका लागि विशेष ह्वाट्सएप ग्राहक सहायता च्याट समावेश ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक श्री अखिल गुप्ताले भन्नुभयो- ‘प्रोटोन एमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै, हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं ।’

जगदम्बा मोटर्स नवीन प्रविधियुक्त सवारीहरू जस्तै प्रोटोन इमास ७ नेपाली बजारमा ल्याउन र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको छ ।

जसले नेपालको दिगो मोबिलिटी यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँछ र प्रत्येक नेपाली ग्राहकलाई उत्कृष्ट गाडी स्वामित्व अनुभव सुनिश्चित गर्छ ।

ग्राहकहरूलाई नैमा एक्स्पोको स्टल एल ५- हल बी मा पुगेर प्रोटोन इमास ७ को प्रत्यक्ष रूपमा अनुभव गर्न आमन्त्रण गर्दछौं ।

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...