NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

गोलछा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । गोलछा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का आयोजक ग्लोकल प्रा.लि. ले यस वर्षका ग्लोकल २० अन्डर २० का सम्मानित व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ ।

१३ देखि १९ वर्षका किशोरकिशोरीहरूको असाधारण प्रतिभा र नेतृत्व क्षमता प्रदर्शन गर्ने उत्कृष्ट आवेदकहरूबाट चयन गरिएको २० अन्डर २० सूचीमा प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरणवाद, कला र स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा महत्वपूर्ण काम गरेका युवाहरू समावेश छन् ।

ग्लोकल टीन हिरोको ११औं संस्करण अन्तर्गत यो सूची सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

ग्लोकल २० अन्डर २० २०२५ का लागि ७८६ आवेदनहरूको विस्तृत समीक्षा गरेर २० युवालाई समाजमा सकारात्मक परिवर्तन ल्याउने श्रेणीमा सम्मानित गरिएको छ ।

सूचीमा सामेल व्यक्तिहरूले आफ्नो शैक्षिक कार्यभन्दा बाहिर गएर समाजको उत्थानमा योगदान पुर्याएका छन् । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको किशोर किशोरीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको उत्कृष्ट कार्यलाई चिनाउने र आवश्यक सामाजिक बदलाव ल्याउनु हो ।

ग्लोकल टीन हिरो २०२५ को पुरस्कार वितरण समारोह सेप्टेम्बर १, २०२५ मा हुनेछ, जहाँ विजेताहरू र श्रेष्ठ ६ फाइनलिस्टहरू सार्वजनिक गरिने बताइएको छ ।

ग्लोकल टीन हिरोका साझेदार संस्थाहरूमा कोका–कोला, हिमालयन टिभी एचडी, ग्लोबल आइएमई बैंक, पञ्चकन्या ग्रुप, एति एयरलाइन्स र नेपाल पर्यटन बोर्ड सहित अन्य प्रतिष्ठानहरू रहेका छन् ।

अगामी कार्यक्रम र सम्मानित व्यक्तिहरूको बारेमा थप जानकारीका लागि ग्लोकल टीन हिरो वेबसाइट https://glocalteenhero.com/20under20-2025/ मा जान सकिन्छ ।

 

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...