Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

पेट्रोलको मात्रै होइन, डिजलको पनि विकल्प चाहिन्छ : डा. थापा

काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. विराजसिंह थापाले अब पेट्रोलको मात्रै होइन डिजलको पनि विकल्पबारे बहस हुनुपर्ने बताएका छन् । इतिहासमा इन्धन गाडी भन्दा पहिले नै इभी गाडी सडकमा गुडेको भए पनि इभी भन्दा इन्धन नै सहज भएकाले त्यो टिकाउ भएको उनको भनाइ छ । यद्यपि पछिल्लो समय इभीहरु एड्भान्स भएर आएकाले बजार लिइरहेको उनले बताए ।

तर अहिले निजी सवारी साधन र छोटो दुरीका सवारी साधनहरु इभी रहेको भन्दै आजको दिनमा पनि लामो र धेरै सामान बोक्ने गाडीहरु डिजल नै रहेको उनले बताए । अहिले साना र छोटो दूरीका थोरै भारवहन क्षमता भएका सवारी साधनमात्रै ब्याट्रीले चलिरहेका छन् ।

सयांै टन सामान बोक्ने ट्रक र लामो दूरीका ठूला बसहरु अहिले पनि निकै ठूलो संख्यामा कुदिरहेका छन् । ‘तपाई थानकोटको उकालोमा हेर्नुस् या साँगाको नाकामा हेर्नुस्, त्यहाँ ठूला क्षमता भएका डिजल गाडीहरु सयौंको संख्यामा देखिन्छ, अब तिनलाई ब्याट्रीले विस्थापन गर्न सक्दैन’ डा. थापाले भने, ‘अहिले भइरहेको त पेट्रोलको विकल्प हो, यस्ता डिजल गाडीका विकल्पहरुबारे पनि हामीले सोच्नुपर्छ ।’ उनले यसको विकल्पका रुपमा हाइड्रोजन हुनसक्ने आफूहरुको अध्ययनले देखाएको बताएका छन् ।

सरकारी अधिकारीहरु भन्छन्– हामी सहजीकरण गर्ने पक्षमै छौं
कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक अमृत लम्सालले विद्युतीय गाडी उपयोगका लागि सरकारले सहयोग नै गरेको बताए । उनले विभिन्न नीति नियमबाट सरकारले विद्युतीय गाडी प्रयोग बढाउन सहजता प्रदान गरिरहेको बताए ।

कार्यक्रममा यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले विद्युतीय सवारीसाधनको संख्या बढ्दै गएको र यसलाई व्यवस्थित गर्न अहिले कानूनको अभाव रहेको बताए । उनले यही भदौभित्रमा नयाँ कार्यविधि जारी हुनेसमेत बताए । ‘कार्यविधिको अन्तिम चरणमा छौं, केही स्टेकहोल्डरहरुको फरक मत छ’ उनले भने, ‘हामी सबै सरोकारवालाहरुको रायसमेत समेटेर कार्यविधि जारी गर्नेछौं ।’

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...