NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

पर्यटन मन्त्री पाण्डेद्वारा भिजिट नेपाल–२०२५ औपचारिक लोकार्पण, अमेरिकाभर नेपाल भ्रमण अभियान शुरु

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले गैर आवासीय नेपाली संघ अमेरिकाद्वारा प्रकाशित भिजिट नेपाल २०२५ म्यागेजिन शुक्रबार सिंहदरबारमा औपचारिक लोकार्पण गर्नुभएको छ ।

नेपाल भ्रमणका लागि अमेरिकी नागरिकलाई आव्हानको अभियान चलाउन अमेरिकाको सबै राज्यमा वितरण गर्ने उद्देश्यले प्रकाशन गरिएको म्यागेजिनको लोकार्पण समारोहमा शुक्रबार मन्त्रालयको सभापकक्षमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले नेपाल सरकारले गर्नुपर्ने काम गैर आवासीय नेपालीले गरेर देशका निम्ति योगदान दिएकोमा प्रशंसा गर्नुभयो । मन्त्री पाण्डेले नेपाल सरकार विदेशी पर्यटक भित्र्याउन नीतिगत सुधार र पर्यटन पुर्वाधारमा केन्द्रित भएको जनाउँदै यस्ता प्रवद्र्धनात्मक कामले सरकारको लक्ष्य हासिल गर्न सघाउ पुग्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिीनी प्रदेशका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेले भिजिट नेपाल म्यागेजिनले लुम्बिनीको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश धार्मिक पर्यटनको हब भएकाले यसको प्रचार विश्वसामु पुर्याउन संसारभरका नेपाली सामुदायलाई आव्हान गर्नुभयो ।

कार्यक्रममा नेपाल नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरीले नेपाल भित्रिने पर्यटक मध्य भारत–चीन बाहेक पहिलो स्थानमा रहेको अमेरिकामा यो म्यागेजिन सहितको अभियानले थप योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, होटेल एसोसिएसनका अध्यक्ष विनायक शाह, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, एनआरएनए अन्तराष्ट्रिय कमिटीका उपमहासचिव एवं पर्यटन कमिटीका प्रमुख सोम सापकोटाले म्यागेजिनको सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । पर्यटन विज्ञ डा. आलोक प्रसाईंले पत्रिकामा समावेश भएका विषय वस्तुको समिक्षा गर्दै लेखहरु अनुसन्धानमा आधारित रहेको र यसले नेपाल भ्रमणमा अमेरिकी नागरिकलाई उत्प्रेरित गर्न महत्वपूर्ण रहेको बताउनुभयो । सम्पादक मण्डलका सदस्य रामेश्वर कार्कीले सञ्चालन गरेको कार्यक्रममा पर्यटन व्यवसायी एवं सो परियोजनाको नेपाल संयोजक मधुसुदन लामिछानेले धन्यवाद ज्ञापन गर्नुभयो थियो ।
कार्यक्रममा सम्पादन समूहका अध्यक्ष प्रा. प्रभात दिक्षितको लिखि स्वागत वक्तव्य र प्रकाशन टीमको भिडियो सद्यनेश प्रशारण गरिएको थियो ।

गैर आवासीय नेपाली संघ अमेरिकाले प्रकाशन गरेको सो म्यागेजिनमा नेपाल भ्रमणमा आएर फर्किएका अमेरिकी उच्च पदस्थ अधिकारीहरुको अनुभव सहित २७ जनाको आलेख समावेश छन् । प्राध्यापक प्रभात दिक्षितको अध्यक्षतामा बैकुण्ठराज आचार्य प्रधान सम्पादक, सदस्य सचिव रोचक गौतम, सदस्यहरु महेश भट्टराई, नीमा शेर्पा, ओम गुरुङ, रामेश्वर कार्की, सूर्य बस्तकोटी रहेका प्रकाशन एवं सम्पादकीय टीमले म्याजेजिन प्रकाशन गरेको हो । नेपालमा लोकर्पण भएपछि अमेरिकाका सबै राज्यमा एकसाथ नेपाल भ्रमण अभियान चलाउन म्यागेजिन वितरण गरिने प्रकाशन टीमले जनाएको छ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...