CG Electronics
IME Life
Ncell NPL

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको स्थानीय बासिन्दालाई साधारण शेयर बाँडफाँट सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको साधारण शेयर बाँडफाँट सम्पन्न भएको छ।

रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको रु. १०० अंकित दरका १,६३,१२५ कित्ता साधारण शेयर मिति २०८२ भदौ ११ गतेदेखि २५ गतेसम्म निष्काशन गरिएको थियो। तर, स्थानीय प्रशासनले मिति २०८२ भदौ २३ गते निषेधाज्ञा जारी गरेपछि दुई दिनका लागि संकलन केन्द्र बन्द हुन पुगेकोले सो अवधिमा आवेदन फाराम संकलन गर्न नसकिएको थियो। त्यसैले निष्काशन अवधि थप गर्दै भदौ ३० र ३१ गतेसम्म खुला गरिएको थियो।

उक्त अवधिभित्र जम्मा ३,७८६ आवेदकबाट ४,८९,७९० कित्ताको आवेदन परेकोमा, वैदेशिक रोजगारीका लागि छुट्याइएको कोटामा समेत आवेदन दिने ९ जना आवेदकको १,३३० कित्ता आवेदन रद्द गरिएपछि ३,७७७ जना योग्य आवेदकबाट ४,८८,४६० कित्ताको आवेदन वैध रहेको पाइयो। सोमध्ये मागअनुसार कुल १,६३,१२५ कित्ता साधारण शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

बाँडफाँट निर्देशिका २०७४ अनुसार प्रथम चरणमा न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने ९३२ जना आवेदकलाई मागअनुसार २०,९९० कित्ता, र ५० देखि ५,००० कित्तासम्म माग गर्ने २,८४५ जना आवेदकलाई ४० कित्ता दरले जम्मा १,१३,८०० कित्ता बाँडफाँट गरिएको हो।

त्यसपछि दोस्रो चरणमा ५० देखि ५,००० कित्तासम्म माग गर्ने आवेदकमध्ये गोला प्रथाबाट २,८३८ जना छनोट गरी २,८३३ जनालाई थप १० कित्ताका दरले २८,३३० कित्ता र बाँकी ५ जनालाई ५–५ कित्ता गरी जम्मा २८,३३५ कित्ता शेयर बाँडफाँट गरिएको छ।

यस बाँडफाँटको लागि बन्द बाकसबाट बल तान्ने कार्य लगानीकर्ता श्री डिक बहादुर बिष्टले गर्नुभएको थियो। बाँडफाँट कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको छ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...