NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

रोसीमा डाइभर्सन बनाएपछि काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी आउजाउमा सहज

NIMB
leapmotornepal (citroen)

 

रामेछाप । गत वर्षको असोज महिनामा रोसी र सुनकोसी नदीमा आएको बाढीले लुभु घाटको पक्की पुल बगाएपछि आवागमनमा समस्या झेल्दै आएका रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकावासीलाई आवागमन गर्न वैकल्पिक मार्ग बनाइएको छ ।

लुभुघाट स्थित रोसी खोलामा अस्थायी वैकल्पिक मार्ग निर्माण गरी यातायात साधन सञ्चालन गरिएको हो । सिन्धुलीको नेपालथोक स्थित रोसी खोलामा डाइभर्सन निर्माण गरेर बिपी राजमार्गबाट काभ्रेको तेमाल हुँदै सुनकोसी नदीको सिन्दुरेटारसम्म जाने सडक जोडिएपछि सिन्दुरेटारको पक्की पुल तरेर रामेछाप तर्फ छिर्ने बाटो खुलेको छ ।

रोसीमा कलभर्ट डाइभर्सन बनेसँगै रामेछापको सुनापति गाउँपालिकाका सबै वडा, दोरम्बा र खाँडादेवी गाउँपालिकाका केही वडा तथा काभ्रेको तेमालका केही वडाबाट काठमाडौं आउजाउ गर्ने स्थानीयलाई सहज भएको सुनापति गाउँपालिकाका–४ बेथानका स्थानीय राज मैनाली बताउँछन् ।

सुनकोसीले लुबुको पुल बगाएपछि सुनापति तथा खाँडादेवी र दोरम्बाका ओल्लो भागमा आउने स्थानीयले खाँडादेवी स्थिति सित्खाको पुल घुमेर आउनु पर्ने बाध्यता थियो । जसले गर्दा नियमित यात्रीहरू तथा बिरामीले काठमाडौं जानको लागि दुई घण्टा बढी घुम्नु पर्ने बाध्यता थियो । अब यो बाध्यता हटेको सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले बताए ।

हेर्दा सानो काम जस्तो देखिए पनि यो डाइभर्सन बनेपछि यस भेगका मानिसलाई कम्तीमा नौ महिनासम्म काठमाडौं आउजाउ गर्न सहज भएको छ, अब जेठ महिनासम्म यो डाइभर्सनबाट यातायात साधन चल्छन्, यसले सामान्य मानिसलाई आउजाउ गर्न सहज सेवा दिने छ भने गम्भीर बिरामीको ज्यान बचाउन सहयोग गर्ने छ’, उनले भने ।

दशैँको बेलामा छोटो बाटो बन्दा स्थानीयलाई घर आउन जान निक्कै सहज भएको छ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...