CG Electronics
IME Life
NIMB

तामाङ समुदायमा दशैँ होइन, ‘मेनाङ’ पर्व मनाइन्छ  : बुद्धि तामाङ

अध्येता एवम सकरात्मक सोचका अभियन्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । बागमती प्रदेशका तामाङ समुदायहरुले नेपाली क्यालेन्डर अनुसारको दशैँलाई पर्वको रूपमा मान्दैनन् बरु उनीहरुले मेनाङ पर्व मनाउने गरेको संस्कृती अध्ययेता बुद्धि तामाङले बताएका छन् ।

तामाङ समुदायमा दशैँलाई हिन्दू परम्परामा जस्तै केन्द्रीय पर्वको रूपमा मानिँदैन, बरु उनीहरूको मौलिक पर्व मेनाङ मुख्य रूपमा मनाइन्छ । तामाङ संस्कृतिको धार्मिक पृष्ठभूमि पुरानो ‘बोन’ परम्परासँग गाँसिएको छ । जसमा प्रकृति, ग्रह–नक्षत्र, वनस्पति, जल, अग्नि आदिलाई पूज्ने परम्परा रहिआएको छ । यही आधारमा तामाङहरूको जीवनशैली, खेतीपाती र पर्व–उत्सवको संरचना बनेको पाइन्छ ।

‘मेनाङ’ भन्ने शब्द तामाङ मौलिक भाषाबाट आएको हो । यसमा प्रत्येक महिनाको आफ्नै नाम, मौसम र प्रकृतिसँगको सम्बन्ध समेटिएको छ । तामाङ वर्षको सुरु लोसारबाट हुन्छ र माघमा नयाँ वर्षको प्रारम्भ हुन्छ । नयाँ पुस्तालाई खेतीपाती, सिलाइ–बुनाइ, धर्म, अक्षर सिकाउने परम्परा यही समयमा चल्छ ।

जसरी ब्राम्हण, क्षेत्री वा अन्य समुदायले दशैँ मनाउँछन्, त्यसरी नै तामाङले मेनाङ पर्वमा घर, बारी, जनावर र प्राकृतिक स्रोतसँग सम्बन्धित गतिविधिहरूलाई सँगसँगै मनाउँछन । प्रमुख रुपमा तामाङको पर्वहरुमा स्वच्छता, सामाजिक सद्भाव, सुरक्षा र प्रकृतिसँगको तालमेललाई प्राथमिकता दिइन्छ ।

असोज महिनालाई तामाङ भाषामा मेनाङ भनिन्छ, जसमा धान पाक्ने समयसँगै विशेष पूजा र भोज गरिन्छ ।

सप्तमीदेखि नवमीसम्म पूजा हुन्छ । अष्टमीको दिन इष्टदेवता (भिमसेनजस्ता) को पूजा, नवमीमा भने पशु बलि र सामूहिक भोज गर्ने प्रथा छ । भोजमा चिउरा, मासु, जाँड–रक्सी र फलफूल अनिवार्य हुन्छ । तर हिन्दू दशैंमा जस्तै टीका–आशिर्वाद लिने परम्परा तामाङ समाजमा हुँदैन ।

विदेश वा टाढा रहेका परिवारका सदस्यका लागि भाग छुट्याउने चलन भने रहन्छ । यसरी हेर्दा दशैं वा मेनाङ तामाङहरूको लागि केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता, भूमिपति पूजा, खेतीपाती र सामुदायिक जीवनसँग गाँसिएको मौलिक सांस्कृतिक उत्सव हो ।

विशेषगरी कृषि र पशुपालनसँग सम्बन्धित चाडपर्वमा पानी माग्ने, जमिन तयार गर्ने, बारी रोप्ने र अन्नपात सुरक्षित गर्ने कार्य परम्परागत विधि अनुसार गरिन्छ । खेतबारी, पशुधन र समूदायको सुरक्षा सुनिश्चित गर्ने संस्कारको रूपमा यी पर्व मनाइन्छ । तामाङहरूको पात्रो चन्द्र पात्रोमा आधारित छ र पुस–माघतिर लोसार (नयाँ वर्ष) बाट सुरु हुन्छ ।

‘लोसार’ र अन्य चाडपर्व आफ्नै परम्परा अनुसार, १२–१३ सय वर्ष पुरानो बौद्ध र बोन परम्परामा आधारित प्रणालीअनुसार मनाइन्छ । तामाङ समुदायमा पर्व, खेती, जलस्रोत व्यवस्थापन, पशुपालन र प्राकृतिक स्रोतको सदुपयोग समेटिएको जीवनशैलीलाई परम्परागत ज्ञान र दर्शनको रूपमा बुझिन्छ । यसअनुसार, प्रत्येक पर्व र संस्कारले कृषिजन्य कार्य, सामाजिक व्यवस्था र प्राकृतिक सन्तुलन सुनिश्चित गर्ने काम गर्छ ।

मेनाङ पर्वमा विशेष तयारी गरेर गाउँघरमा सबै मानिस एकै ठाउँमा भेला हुन्छन । विदेशमा रहेका सदस्यदेखि विभिन्न पेशामा संलग्नहरू पनि घर फर्कन्छन् ।

यस अवसरमा खेतबारीमा उत्पादन भएको धान, मकै, गहुँलगायतका अन्न तथा घरमा भएका खाद्य सामग्रीलाई पकाइतुल्याई भूमिपतिलाई अर्पण गरिन्छ । भूमिपतिलाई अर्पण गर्ने यो परम्परा गाउँ बस्तीको शान्ति–सुरक्षा, अन्न–पानी, विपद् टार्ने शक्ति र सामूहिक समृद्धिसँग गाँसिएको मानिन्छ ।

तामाङ बस्तीमा भूमिपतिको थान प्रायः गाउँको अग्लो डाँडामा निर्माण गरिएको हुन्छ । यस थानलाई स्थानीय देवता र प्रकृतिसँग सम्बन्धित प्रतिकका रूपमा लिइन्छ । यसरी भूमिपतिको पूजा गरेर सामूहिक भोजको आयोजना गरिन्छ ।

मेनाङ पर्वसँगै दशैँमा हुने अष्टमी र नवमीको विशेष महत्व पनि समुदायमा देखिन्छ । अष्टमीको दिन भिमसेनको पूजा गर्ने परम्परा छ । भिमसेनलाई तामाङहरूको कुलदेवता नभएपनि भक्तपुरका राजाले दिएको इष्टदेवका रूपमा मानिन्छ । यस दिन भाले वा बोका बलि दिने परम्परा रहिआएको छ ।

नवमीको दिन भने सामूहिक भोजको परम्परा अझै विशेष हुन्छ । भैंसी वा मौला (गाईबस्तु बलि दिने परम्परा) गरेर भोज गरिन्छ, जसलाई सबै जात समुदायका मानिसले मिलेर मनाउने अवसरका रूपमा लिइन्छ । यस दिन ‘ऋण नखानु’ भन्ने मान्यता रहन्छ । अर्थात् ऋण तिर्ने वा अरूसँग ऋण लिने कार्य नगर्ने चलन । नवमीमा परिवारका सदस्यहरू आफ्नै घरमा बसेर भोज गर्छन्, अन्यत्र जानु परम्पराविरुद्ध मानिन्छ ।

केराको पात र दशैँको सांस्कृतिक महत्व
नेपालको पर्व र चाडपर्वहरूमा खानपान र परम्परागत विधिहरूले साँस्कृतिक र धार्मिक महत्त्व बोकेका छन् । विशेषतः दशैँका बेला गरिने भोज र केराको पातमा राखिने परिकारले अद्वितीय परम्परा प्रस्तुत गर्दछ ।

पहिले भोजको तयारीका बेलामा केराका पातलाई प्रयोग गरी विभिन्न परिकार तयार पारिन्छ । केरा, अनिवार्य फलफूलको रूपमा सबै भोजमा राखिन्छ । भोजमा प्रत्येक व्यक्तिको भाग सुनिश्चित गर्न आमाले प्रत्येक परिकार मापन गरेर राख्नुहुन्छ ।

भाग वितरणमा नवजात शिशु, विदेशमा रहेका परिवारका सदस्य, आमाबुबा सबैलाई समान अधिकार दिइन्छ । नवजात शिशुलाई मासु वा नुन नदिइ, अलिकति दुध मात्र दिने परम्परा हो । विदेशमा रहेका पाहुनाको भाग केराको पातमा अलग राखेर तीन महिनासम्म सुरक्षित गरिन्छ ।

भोजको क्रममा मासु, साग, चिउरा, रक्सीलगायत सबै परिकार विशेष तरिकाले अलग राखिन्छ । मुटु, छाला, जिब्रो, हड्डी, रक्त सबै अलग अलग पकाएर वितरण गरिन्छ । यसरी प्रत्येक भाग सुनिश्चित गरेर मात्रै भोज सुरु गरिन्छ ।

दशैँमा नौ दुर्गाको पूजा र नौवटा क्लेशको प्रतिकात्मक महत्व छ । दुर्गा साधना गरेर मन, शरीर र आत्मामा रहेका अहंकार, राग, द्वेष, लोभ, इष्र्या, अज्ञानता लगायतका क्लेशहरूलाई हराउन उत्प्रेरित गरिन्छ । नवमीदेखि विजयादशमीसम्मको पर्वले भित्रको र बाहिरको शत्रुलाई पार गर्दै मानिसमा शान्ति र सौहार्दता स्थापित गर्छ ।

दशैँको समयमा पिंङ खेल, रोट–पिङ, टोपी र पोशाक परम्परा, बच्चादेखि बुढाबुढीसम्मका सबैलाई सहभागी गराउँछ । माइतीको परम्परा, ससुराली र परिवारबीचको समन्वय, कुलदेवता पूजा, र सामूहिक भोजले सामाजिक र सांस्कृतिक मेलमिलापलाई प्रोत्साहित गर्छ ।

साँस्कृतिक दृष्टिले, यो पर्व केवल खानपानको लागि होइन, सामाजिक सद्भाव, परिवार एकता, धर्मिक आस्था र प्राकृतिक जीवनशैलीसँग जोडिएको अवसर हो । यसरी परम्परागत भोज र पूजा विधिले पुस्तौंपुस्ता नेपाली जीवनशैलीमा आस्था, अनुशासन र संस्कृति कायम राख्ने माध्यमको रूपमा कार्य गरेको छ ।

टीका लगाउने चलनपनि ०४७ सालपछि अलिक बढी चर्चामा आयो । टीका पनि रातो र सेतोको अलग अलग महत्व छ । रातोलाई अशान्ति र रगतको रंग भनेर भनिन्छ । तर हामी पिस लभर हुनुपर्छ, हामीलाई शान्ति चाहिन्छ । जहाँ शान्त हुन्छ, त्यहाँ सिर्जना हुन्छ । जहाँ अशान्ति हुन्छ वा अशान्त मनले केही निर्माण गर्दैन ।

रिसाएको, घमण्डी, अहंकारी, एकदम डराएको, तर्सिएको, त्रसित भएको अथवा रिसले रगत उम्लेको छ भने त केही सोच्न सक्दैन । त्यसले त विध्वंस मात्रै गर्छ । अनि शान्त मन होस् भनेर टीका लगाउने हो । सेतो शान्तिको प्रतिक भएकाले सेतो टीका प्रचलनमा आएको उनले बताए ।

बौद्ध धर्मावलम्बीहरु आफूलाई शान्तिवादी ठान्ने भएकाले पनि सेतो टीका रुचाएका हुन् । राई, लिम्बु अर्थात किराँतहरु पनि शान्तिको प्रतिकका रुपमा सेतो टीका रुचाएका हुन् । नेपाल एकीकरण कालदेखि कैयौं चाडपर्व वा जनजतिका चाडपर्वमा हिन्दु चाडपर्व जुधाइ दिएकाले पनि केही समस्याहरु आएको हुनसक्ने उनले बताए ।

 

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...