CG Electronics
Ncell NPL
NIMB

तामाङ समुदायमा दशैँ होइन, ‘मेनाङ’ पर्व मनाइन्छ  : बुद्धि तामाङ

अध्येता एवम सकरात्मक सोचका अभियन्ता

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । बागमती प्रदेशका तामाङ समुदायहरुले नेपाली क्यालेन्डर अनुसारको दशैँलाई पर्वको रूपमा मान्दैनन् बरु उनीहरुले मेनाङ पर्व मनाउने गरेको संस्कृती अध्ययेता बुद्धि तामाङले बताएका छन् ।

तामाङ समुदायमा दशैँलाई हिन्दू परम्परामा जस्तै केन्द्रीय पर्वको रूपमा मानिँदैन, बरु उनीहरूको मौलिक पर्व मेनाङ मुख्य रूपमा मनाइन्छ । तामाङ संस्कृतिको धार्मिक पृष्ठभूमि पुरानो ‘बोन’ परम्परासँग गाँसिएको छ । जसमा प्रकृति, ग्रह–नक्षत्र, वनस्पति, जल, अग्नि आदिलाई पूज्ने परम्परा रहिआएको छ । यही आधारमा तामाङहरूको जीवनशैली, खेतीपाती र पर्व–उत्सवको संरचना बनेको पाइन्छ ।

‘मेनाङ’ भन्ने शब्द तामाङ मौलिक भाषाबाट आएको हो । यसमा प्रत्येक महिनाको आफ्नै नाम, मौसम र प्रकृतिसँगको सम्बन्ध समेटिएको छ । तामाङ वर्षको सुरु लोसारबाट हुन्छ र माघमा नयाँ वर्षको प्रारम्भ हुन्छ । नयाँ पुस्तालाई खेतीपाती, सिलाइ–बुनाइ, धर्म, अक्षर सिकाउने परम्परा यही समयमा चल्छ ।

जसरी ब्राम्हण, क्षेत्री वा अन्य समुदायले दशैँ मनाउँछन्, त्यसरी नै तामाङले मेनाङ पर्वमा घर, बारी, जनावर र प्राकृतिक स्रोतसँग सम्बन्धित गतिविधिहरूलाई सँगसँगै मनाउँछन । प्रमुख रुपमा तामाङको पर्वहरुमा स्वच्छता, सामाजिक सद्भाव, सुरक्षा र प्रकृतिसँगको तालमेललाई प्राथमिकता दिइन्छ ।

असोज महिनालाई तामाङ भाषामा मेनाङ भनिन्छ, जसमा धान पाक्ने समयसँगै विशेष पूजा र भोज गरिन्छ ।

सप्तमीदेखि नवमीसम्म पूजा हुन्छ । अष्टमीको दिन इष्टदेवता (भिमसेनजस्ता) को पूजा, नवमीमा भने पशु बलि र सामूहिक भोज गर्ने प्रथा छ । भोजमा चिउरा, मासु, जाँड–रक्सी र फलफूल अनिवार्य हुन्छ । तर हिन्दू दशैंमा जस्तै टीका–आशिर्वाद लिने परम्परा तामाङ समाजमा हुँदैन ।

विदेश वा टाढा रहेका परिवारका सदस्यका लागि भाग छुट्याउने चलन भने रहन्छ । यसरी हेर्दा दशैं वा मेनाङ तामाङहरूको लागि केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता, भूमिपति पूजा, खेतीपाती र सामुदायिक जीवनसँग गाँसिएको मौलिक सांस्कृतिक उत्सव हो ।

विशेषगरी कृषि र पशुपालनसँग सम्बन्धित चाडपर्वमा पानी माग्ने, जमिन तयार गर्ने, बारी रोप्ने र अन्नपात सुरक्षित गर्ने कार्य परम्परागत विधि अनुसार गरिन्छ । खेतबारी, पशुधन र समूदायको सुरक्षा सुनिश्चित गर्ने संस्कारको रूपमा यी पर्व मनाइन्छ । तामाङहरूको पात्रो चन्द्र पात्रोमा आधारित छ र पुस–माघतिर लोसार (नयाँ वर्ष) बाट सुरु हुन्छ ।

‘लोसार’ र अन्य चाडपर्व आफ्नै परम्परा अनुसार, १२–१३ सय वर्ष पुरानो बौद्ध र बोन परम्परामा आधारित प्रणालीअनुसार मनाइन्छ । तामाङ समुदायमा पर्व, खेती, जलस्रोत व्यवस्थापन, पशुपालन र प्राकृतिक स्रोतको सदुपयोग समेटिएको जीवनशैलीलाई परम्परागत ज्ञान र दर्शनको रूपमा बुझिन्छ । यसअनुसार, प्रत्येक पर्व र संस्कारले कृषिजन्य कार्य, सामाजिक व्यवस्था र प्राकृतिक सन्तुलन सुनिश्चित गर्ने काम गर्छ ।

मेनाङ पर्वमा विशेष तयारी गरेर गाउँघरमा सबै मानिस एकै ठाउँमा भेला हुन्छन । विदेशमा रहेका सदस्यदेखि विभिन्न पेशामा संलग्नहरू पनि घर फर्कन्छन् ।

यस अवसरमा खेतबारीमा उत्पादन भएको धान, मकै, गहुँलगायतका अन्न तथा घरमा भएका खाद्य सामग्रीलाई पकाइतुल्याई भूमिपतिलाई अर्पण गरिन्छ । भूमिपतिलाई अर्पण गर्ने यो परम्परा गाउँ बस्तीको शान्ति–सुरक्षा, अन्न–पानी, विपद् टार्ने शक्ति र सामूहिक समृद्धिसँग गाँसिएको मानिन्छ ।

तामाङ बस्तीमा भूमिपतिको थान प्रायः गाउँको अग्लो डाँडामा निर्माण गरिएको हुन्छ । यस थानलाई स्थानीय देवता र प्रकृतिसँग सम्बन्धित प्रतिकका रूपमा लिइन्छ । यसरी भूमिपतिको पूजा गरेर सामूहिक भोजको आयोजना गरिन्छ ।

मेनाङ पर्वसँगै दशैँमा हुने अष्टमी र नवमीको विशेष महत्व पनि समुदायमा देखिन्छ । अष्टमीको दिन भिमसेनको पूजा गर्ने परम्परा छ । भिमसेनलाई तामाङहरूको कुलदेवता नभएपनि भक्तपुरका राजाले दिएको इष्टदेवका रूपमा मानिन्छ । यस दिन भाले वा बोका बलि दिने परम्परा रहिआएको छ ।

नवमीको दिन भने सामूहिक भोजको परम्परा अझै विशेष हुन्छ । भैंसी वा मौला (गाईबस्तु बलि दिने परम्परा) गरेर भोज गरिन्छ, जसलाई सबै जात समुदायका मानिसले मिलेर मनाउने अवसरका रूपमा लिइन्छ । यस दिन ‘ऋण नखानु’ भन्ने मान्यता रहन्छ । अर्थात् ऋण तिर्ने वा अरूसँग ऋण लिने कार्य नगर्ने चलन । नवमीमा परिवारका सदस्यहरू आफ्नै घरमा बसेर भोज गर्छन्, अन्यत्र जानु परम्पराविरुद्ध मानिन्छ ।

केराको पात र दशैँको सांस्कृतिक महत्व
नेपालको पर्व र चाडपर्वहरूमा खानपान र परम्परागत विधिहरूले साँस्कृतिक र धार्मिक महत्त्व बोकेका छन् । विशेषतः दशैँका बेला गरिने भोज र केराको पातमा राखिने परिकारले अद्वितीय परम्परा प्रस्तुत गर्दछ ।

पहिले भोजको तयारीका बेलामा केराका पातलाई प्रयोग गरी विभिन्न परिकार तयार पारिन्छ । केरा, अनिवार्य फलफूलको रूपमा सबै भोजमा राखिन्छ । भोजमा प्रत्येक व्यक्तिको भाग सुनिश्चित गर्न आमाले प्रत्येक परिकार मापन गरेर राख्नुहुन्छ ।

भाग वितरणमा नवजात शिशु, विदेशमा रहेका परिवारका सदस्य, आमाबुबा सबैलाई समान अधिकार दिइन्छ । नवजात शिशुलाई मासु वा नुन नदिइ, अलिकति दुध मात्र दिने परम्परा हो । विदेशमा रहेका पाहुनाको भाग केराको पातमा अलग राखेर तीन महिनासम्म सुरक्षित गरिन्छ ।

भोजको क्रममा मासु, साग, चिउरा, रक्सीलगायत सबै परिकार विशेष तरिकाले अलग राखिन्छ । मुटु, छाला, जिब्रो, हड्डी, रक्त सबै अलग अलग पकाएर वितरण गरिन्छ । यसरी प्रत्येक भाग सुनिश्चित गरेर मात्रै भोज सुरु गरिन्छ ।

दशैँमा नौ दुर्गाको पूजा र नौवटा क्लेशको प्रतिकात्मक महत्व छ । दुर्गा साधना गरेर मन, शरीर र आत्मामा रहेका अहंकार, राग, द्वेष, लोभ, इष्र्या, अज्ञानता लगायतका क्लेशहरूलाई हराउन उत्प्रेरित गरिन्छ । नवमीदेखि विजयादशमीसम्मको पर्वले भित्रको र बाहिरको शत्रुलाई पार गर्दै मानिसमा शान्ति र सौहार्दता स्थापित गर्छ ।

दशैँको समयमा पिंङ खेल, रोट–पिङ, टोपी र पोशाक परम्परा, बच्चादेखि बुढाबुढीसम्मका सबैलाई सहभागी गराउँछ । माइतीको परम्परा, ससुराली र परिवारबीचको समन्वय, कुलदेवता पूजा, र सामूहिक भोजले सामाजिक र सांस्कृतिक मेलमिलापलाई प्रोत्साहित गर्छ ।

साँस्कृतिक दृष्टिले, यो पर्व केवल खानपानको लागि होइन, सामाजिक सद्भाव, परिवार एकता, धर्मिक आस्था र प्राकृतिक जीवनशैलीसँग जोडिएको अवसर हो । यसरी परम्परागत भोज र पूजा विधिले पुस्तौंपुस्ता नेपाली जीवनशैलीमा आस्था, अनुशासन र संस्कृति कायम राख्ने माध्यमको रूपमा कार्य गरेको छ ।

टीका लगाउने चलनपनि ०४७ सालपछि अलिक बढी चर्चामा आयो । टीका पनि रातो र सेतोको अलग अलग महत्व छ । रातोलाई अशान्ति र रगतको रंग भनेर भनिन्छ । तर हामी पिस लभर हुनुपर्छ, हामीलाई शान्ति चाहिन्छ । जहाँ शान्त हुन्छ, त्यहाँ सिर्जना हुन्छ । जहाँ अशान्ति हुन्छ वा अशान्त मनले केही निर्माण गर्दैन ।

रिसाएको, घमण्डी, अहंकारी, एकदम डराएको, तर्सिएको, त्रसित भएको अथवा रिसले रगत उम्लेको छ भने त केही सोच्न सक्दैन । त्यसले त विध्वंस मात्रै गर्छ । अनि शान्त मन होस् भनेर टीका लगाउने हो । सेतो शान्तिको प्रतिक भएकाले सेतो टीका प्रचलनमा आएको उनले बताए ।

बौद्ध धर्मावलम्बीहरु आफूलाई शान्तिवादी ठान्ने भएकाले पनि सेतो टीका रुचाएका हुन् । राई, लिम्बु अर्थात किराँतहरु पनि शान्तिको प्रतिकका रुपमा सेतो टीका रुचाएका हुन् । नेपाल एकीकरण कालदेखि कैयौं चाडपर्व वा जनजतिका चाडपर्वमा हिन्दु चाडपर्व जुधाइ दिएकाले पनि केही समस्याहरु आएको हुनसक्ने उनले बताए ।

 

CG Electronics
आदिवासी पहिचान संरक्षणका लागि राष्ट्रिय प्रतिष्ठान गठन, २५औँ रजत जयन्तीमा तीनदिने आदिवासी ज्ञान महोत्सव–२०८२ सुरु

आदिवासी पहिचान संरक्षणका लागि राष्ट्रिय प्रतिष्ठान गठन,...

वि.सं.२०८२ माघ २५ आइतवार २१:५०

  काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृहमा राष्ट्रिय आदिवासी जनजाति...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट...

वि.सं.२०८२ माघ २४ शनिवार २३:२८

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित...

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल...

वि.सं.२०८२ माघ २२ बिहीवार २१:१६

  काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई...

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद चौधरी

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १७:३०

  आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत...

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस...

वि.सं.२०८२ माघ २१ बुधवार १६:१४

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली...