ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
Wednesday Oct 08, 2025
वि.सं.२०८२ असोज २२ बुधवार २३:१७
काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका अनुसार ग्राहकको खाताबाट गरिने कर कट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकारको आन्तरिक राजश्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्न आवश्यक भएकाले प्यान अद्यावधिक अनिवार्य भएको हो ।
ग्राहकहरूले बैंकको पोर्टल (portal.nicasiabank.com) वा मोबाइल बैंकिङ एप (MoBank App) मा रहेको “PAN Update” विकल्पमार्फत आफ्ना प्यान विवरण सजिलै अद्यावधिक गर्न सक्नेछन् । साथै, नजिकको कुनै पनि शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था बैंकले मिलाएको जनाएको छ ।
प्यान अद्यावधिक भएपछि ब्याज भुक्तानी वापत काटिएको कर विवरण सो प्यानमा स्वचालित रूपमा प्रविष्ट हुने भएकाले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न ग्राहकलाई सहज हुने बैंकको भनाइ छ । यसले बैंकसम्म धाउनुपर्ने झन्झट पनि हटाउने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले प्यान अद्यावधिक नगराउने ग्राहकको ब्याज कर विवरण भ्(त्म्क् मा नसमावेश भई थप समायोजन आवश्यक पर्ने अवस्थाको जिम्मेवारी बैंकको नहुने स्पष्ट पारेको छ । साथै, प्यान उपलब्ध गराएर पनि करकट्टी विवरण समावेश नभएको अवस्थामा ग्राहकले बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्र (फोन नं. १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

























